भारतको पश्चिम बंगालमा रेल दुर्घटना,आठको मृत्यू

 


४ असार,झापा

भारतको पश्चिम बंगालको न्यू जलपाईगुडिमा यात्रुबाहक रेल दुर्घटनामा परेको छ। दुर्घटनामा सियालदह हिडेको कञ्चनजगा एक्सप्रेस रेललाई एउटा मालबाहक ट्रेनले पछाडीबाट ठक्कर दिएको हो।

कोलकाताको सियालदह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस र न्यू जलपाईगुडी तिर आउँदै गरेको मालवाहक रेल बिहान साढे ९ बजे एक आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा कञ्चनजङ्गा एक्सप्रेसको कयौं डिब्बा पटरीबाट झरेको छ भने आठजना यात्रुको मृत्यू भएको र केही घाईते भएको जनाईएको छ । 

घाईतेहरुको उद्धार तथा उपचार भै रहेको भारतीय संचार माध्यमहरुले जनाएको हो।

दार्जिलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको पुष्टि गर्दै दुई दर्जन बढी यात्रु घाइते भएको जनाए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला