बिर्तामोडमा एआई प्रभाव र प्रयोग विषयको प्रशिक्षण सम्पन्न

 

सहजकर्ता डा. भानुभक्त आर्चाय

२३ जेठ,झापा
झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयको प्रशिक्षण सम्पन्न भएको छ ।पर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा  कार्यक्रम सम्पन्न भएको हो। नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा. भानुभक्त आचार्यको कार्यक्रममा सहजीकरण र प्रशिक्षण रहेको हो ।

   

सहजकर्ता तथा प्रशिक्षक आर्चायले समाचार लेखन तथा विभिन्न खोजमुलक विषयमा एआई प्रविधि उपयोगी हुने भन्दै यसको सही सदुपयोग गरेमा पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने  बताउनुभयो । छिमेकी राष्ट्र भारत , चीन लगायत विकसित मुलुकले पत्रकारिता क्षेत्रमा एआई प्रविधिको सुरुवात गरेपनि नेपालमा यसको प्रयोग कमै मात्रामा हुने गरेको उहाको भनाई रह्यो ।प्रविधिको प्रयोगसंगै अनलाइन पत्रकारिताले प्राथमिकता पाइरहेको समयमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ आचार्यको भनाई छ । उहाले एआई प्रविधिको प्रयोग प्रशिक्षण स्थलमानै प्रशिक्षण गराउनुभएको हो ।

इलाम र झापाका गरि ४५ जना पत्रकारहरुको सहभागीता रहेको तालिममा सहभागीहरुका तर्फबाट नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, पत्रकार गणेशमान मुखिया, रञ्जीत प्रसाई, स्वस्तिका आचार्य, गणेश अर्याल र गृष्मा सापकोटाले आफ्नो प्रशिक्षण समयको अनुभवहरु सुनाउनु भएको कार्यक्रममा ।पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालको अध्यक्षता , कार्यक्रममा स्वागत प्रधानसम्पादक एकराज गिरी र कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गर्नुभएको हो ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले एआई प्रविधिको प्रयोग र यसले पार्ने प्रभावका विषयमा जानकारी प्राप्त भएको र आगामी दिनमा आफूहरुले सिकेको ज्ञानलाई भविष्यमा प्रयोगमा ल्याउने जनाएका हुन्

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया