झापाको मेचीनगरमा सडक दुर्घटना, दुईको मृत्यु

  

सांकेतिक तस्बिर

२४ जेठ,झापा

झापामा सडक दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीला प्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि बसेका इलाम रोङ्ग–५ बहुवनका अन्दाजी २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

गए रातो १०ः४५ बजेको समयमा मेचीनगर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे. ७ प ७२८३ नम्बरको स्कुटरले हाइवेको बायाँ किनारमा बिग्रिएर रोकिराखेको को. १ च ७२६४ नम्बरको बोलेरो पिकअपलाई ठक्कर दिएको थियो । रिजाल र  ढुङ्गेल सोही स्कूटरमा सवार थिए।

राती ११:०० बजे दुबैलाई अस्पताल  पुरयाईएको हो। घाइते भएका दुवैलाई बिएन्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ राति ११ बजे चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेका थिए ।

दुबै स्कुटर र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला