करेन्ट लागेर झापाको कचनकवलमा शाहको मृत्यु
१० श्रावण,झापा
करेन्ट लागेर हिजो राती एकजनाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका-४ का बिशाल कुमार शाहको करेन्ट लागेर मृत्यू भएको हो।
बूधबार राती पौने ९ बजे उनको करेन्ट लागेर मृत्यू भएको हो । खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका शाहलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शाहको शवलाई पोस्टमार्टमका लागि पठाइने समेत प्रहरीले जनाइएको हो ।
Comments
Post a Comment