बंगलादेशका नेपाली बिर्द्याथी पूर्वी नाका झापाबाट फर्कदै



५ श्रावण,झापा

बंगलादेशमा चर्किएको आरक्षण सम्बन्धिको आन्दोलनको डरले नेपालको पूर्वी नाका झापा हुदैं बंगलादेशमा अध्ययनरत नेपाली बिर्धाथीहरुको नेपाल फर्कने क्रम पूर्बी नाकाबाट हुदैं गरेको जनाईएको छ।

झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउनेजाने गर्छन्।

बेगलादेशमा आरक्षण सम्बन्धी आन्दोलन हिंसात्मक बन्दै गए पछि त्यहाका बिभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत झन्डै नब्बे जना नेपाली विर्द्याथीहरु पूर्वी नेपालको काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको अधिकारीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन्।

पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भै रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।

बाँस्तोलाका अनुसार काकरभिट्टाको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३-४ दिनदेखि पहिलाको भन्दा नेपाल फर्कनेको आँकडा केही बढेको भन्ने कुरा छ। हिजो करिब ६५ जना विद्यार्थीहरू सो नाका हुदै फर्किएको र आज २५ जना फर्किएको भन्ने तथ्याङ्क प्राप्त भएको भनाई रहेको हो ।

बाङ्ग्लादेशमा करिब तीन हजार नेपाली विद्यार्थी  रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको हो।

त्यहाँ भैरहेको आन्दोलनमा बिहीबार मात्र कम्तीमा २५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए  ।नेपाली अधिकारीहरूले बाङ्ग्लादेशको परिस्थितिलाई नजिकबाट नियालिरहेको र सबै नेपाली विद्यार्थीहरू हाल सम्म सुरक्षित रहेको बताएका छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते