बिर्तामोडमा घर घरमै पुगेर अशक्तलाई ह्विवल चियर बितरण


६ भदौ,झापा

योगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका  कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज  यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर  घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो । 

उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल  निबासी जन्मजात असक्त सत्र बर्षका मनिसा मगर,कंचनवारी टोलका असक्त जेष्ठय सदस्य एक सय दुई बर्षका पुर्ण बहादुर श्रेष्ठ,बद्रीबाडी टोलका एक्काईस बर्षका जन्मजात असक्त बिमन तामाङ्ग,टागावारी टोलका बारह बर्षका जन्मजात असक्त प्रकृति खड्का सहित गरामनी बजारका दश बर्षका जन्मजात असक्त दिक्छित पाठक रहेका हुन् । उनीहरुलाई दाताहरुको तर्फबाट प्राप्त एक एक थान ह्विवल चियर घरमै गएर बितरण गरिएको कार्यक्रम  संयोजक प्रदिप कुमार संग्रौलाले बताए। कार्यक्रम डाँडा गाउँबाट शुरू भएर गरामनी बजारमा अन्त्य भएको उनको भनाई छ। 

यसभन्दा अघि पनि बिर्तामोड -९ निबासी प्रदिप कुमार संग्रौलाकै पहलमा केही महिना अघि सोही क्षेत्रका अशक्तहरुलाई ह्विवल चियर बितरण गरिएको जनाईएको छ भने आज हिवल चियर प्राप्त गरेपछि उनीहरुका परिवारले सहयोगी दाताहरुको कार्यको खुलेर प्रशंसा गर्नुका साथै खुशी व्यक्त गरेका हुन्।

लायन्स क्ल्ब अफ बिर्तामोडका अध्यक्ष उपेन्द्र बाँनियाको अध्यक्षता र बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको संचालन योगदान राष्ट्रको लागि झापा अध्यक्ष प्रदिप कुमार संग्रौला र कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष बाँनियाले गरेका हुन्।






Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते