बिर्तामोड-१० बिराटपोखरको एक घरबाट आठ तोला सुन चोरी
१८ भदौ,झापा
बिर्तामोड-१० बिराटपोखरको तारानाथ चोकको एक घरमा गएराती चोरी भएको छ। त्यहाँ स्थित सूर्य प्रसाईको घरमा चोरी भएको हो। घरमा कोही नभएको मौका पारी ताला लगाई राखिएको घरमा राती चोरले सुनका गहना लगायत चोरी गरेको जनाईएको छ ।
गत आईतबार बेलुकी प्रसाई दम्पति बुबाको मूख हेर्न भनि घरमा ताला लगाई ससुराली,माईत घर दमक गएको र मंगलबार बिहान मात्र फर्किएका हुन् । फर्कने बित्तिकै हेर्दा घरको मूल ढोकाको गेटको ताला फुटेको देखेर चोर पसेको आशंका गरेको र साच्चै भित्र गएर हेर्दा पहिलो र दोश्रो तलाको दराज पलङ्गको बक्सा चोरले फुटाएको पाईएको हो सो मध्ये माथिल्लो तलाको दराजमा राखेको गरगहना र नगद चोरी भएको प्रसाईले बताए।
चोरले करिब आठ तोला सुन,छ तोला चाँदी र चालिस हजार नगद लगेको प्रसाई दम्पतिले जानकारी गराए भने त्यसपछि अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकारी गराई त्यहाबाँट प्रसनि नरोत्तम थापाको कमाण्डमा प्रहरी र इप्रका बिर्तामोडबाट समेत प्रहरी आई चोरीको जाँचबुझ र मुचुल्का लैजाने कार्य भएको हो ।
इप्रका अनारमनीमा प्रसाईले चोर पत्ता लगाई धनमाल फिर्ता गराई पाँउ भनि निबेदन दिएको छिमेकी भोला पाण्डेले बताएका छन्।
प्रसाईको घरको सामान्य रेखदेख प्रसाईले नजिकै घर बनाएर राखेका शेर्पा परिवारले गर्दै थिए। तथापि उनको श्रीमान पनि पहाड गएका जनाईएको हो ।
Comments
Post a Comment