बिराटपोखरीमा गंगा आरती सम्पन्न
१५ फागुन,बिर्तामोड बिर्तामोड-३ को एतिहासिक बिराट पोखरीमा गंगा आरती सम्पन्न भएको छ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते साँझ श्री बिराट पोखरी (सरोबर बहुउद्देश्यीय) बिकाश समिति बिर्तामोड -३ को आयोजनामा आरती सम्पन्न गरिएको हो। बिहानी सत्रमा सोही पोखरीमा अवस्थित शिव मन्दिरमा पूजा अर्चना साथै साँझमा लक्ष्यवर्ती (लाखबाती) प्रज्वलन साथै साँझमा गंगा आरती सम्पन्न गरिएको आयोजक समितिका सहसचिव अर्जुन उप्रेतीले जानकारी गराए। समितिका अध्यक्ष इन्द्र प्रसाद प्रसाईको अध्यक्षतामा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले दिप प्रज्वलन गरि साँझको कार्यक्रमको उद्घाटन गरे भने अध्यक्ष प्रसाईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै गंगा आरती सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण र उपस्थित हरुलाई धन्यबाद प्रदान गरे । बिर्तामोड-३; का वडा अध्यक्ष मदन बुढाथोकी, प्रमुख अतिथि लगायतले शुभकामना राखेको कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष आकाश उप्रेती र संचालन सञ्चारकर्मी लिला अनमोलले गरेकी हुन्। शिव ताण्डव नृत्य,भजन कृतन सहित गरिएको गंगा आरती साँझमा...