पूर्वकै ठूलो म्यूजिक इभेन्ट जोन एण्ड द लोकल शो चारआलीमा शुक्रबार हुने
७ फागुन, झापा
बज्र इभेन्टसद्वारा आयोजित बज्र इन्टरनेशनल चारआली जोन एण्ड द लोकल शो म्यूजिक फेस्ट २०८१ झापाको चारआलीमा आगामी फागून ९ गते शुक्रबार सॉझ भव्य रूपमा संचालन हुने भएको छ। उक्त कुरा आयोजकका तर्फबाट आज कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो। नेपालको टिकेटिङ्ग पार्टनर खल्ती र भारतको टिकेटिङ्ग पार्टनार सजिलो इभेन्टस रहेको उक्त कार्यक्रमको आजसम्म अढतिस सयवटा टिकट बिक्रि भैसकेको । जनाईएको हो। जसको प्रोडक्सन टिम ग्याङ्ग स्पेश बिर्तामोड,साउण्ड सिस्टम इण्डियन बंगाल साउण्ड सिस्टम,कार्यक्रम होष्ट पूर्व मिस नेपाल माल्भिका सुब्बा,कन्टेन्ट क्रियेटर लिला भण्डारी,टाईटल स्पोन्सर ब्रिज इन्टरनेशनल बिर्तामोड,हस्पिटालिटी पार्टनर होटल मेची काउन,बेभरेज पार्टनर बाह्रसिंङ्गे,एयरलाईन्स पार्टनर सौर्य एयरलाईन्स,टिकटहरु जेनरल, मिडियम,भिआईपि र भिभिआईपि गरि चार प्रकारको रहने, रु.पाँचसय देखि पच्चिस हजार सम्मको,टिकट खरिद गर्न बिर्तामोड हनुमान सेन्टरको टि हव, रेन्जी केफ,चारआलीको निम्तो केफ, मान्द्रो रेष्टुरेन्ट, काकडभिट्टाको र बिर्तामोडको गणपति बेकरीमा रहने आयोजकका तर्फबाट प्रबक्ता मनिष गहतराजले जानकारी गराए ।
एक सयजना सुरक्षाकर्मी हायर गरिने, थप एकसय पचास जना स्वयंसेवक परिचालन गरिने पचास वटा सिसिटिभि क्यामेराबाट कार्यक्रम स्थलको प्रत्यक्ष निगरानी गरिने, करिव सातहजार देखि दशहजार अवलोकनकर्ता आउने,बेलुका चारबजे बात शो शुरू भएर लगभग रातको नौ बजे समापन हुने,भारत लगायतबाट आउने पाहुना दर्शकको लागि चारआतीको होटलमा छुटमा खान बस्नको प्रबन्ध साथै पूर्वकै नमुनाको रूपमा कन्सर्ट शो हुन लागेको समेत उक्त पत्रकार सम्मेलनमा जनाईएको हो।
पत्रकार सम्मेलन कार्यक्रममा बज्र इभेन्टका चेयरमेन फूर्वा लामा,सिईओ आकाश तामाङ्ग,लागु औषध नियन्त्रणका अभियन्ता संजिव थापा लगायतको उपस्थिति रहेको हो।
Comments
Post a Comment