बेहुली झैं सिंगारियो गंगा आरतीको लागि बिराटपोखरीलाई (फोटो फिचर)


१३ फागुन,झापा
बिराटपोखरीमा गंगा आरतीलाई लिएर चहल पहल बढेको छ।  पोखरीलाई बेहुली झैं सिंगारिएको छ। श्री बिराटपोखरी ( सरोबर बहुउद्देश्यीय) बिकाश समिति बिर्तामोड-३ द्वारा महाशिवरात्रीको पावन अवसरमा आयोजित गंगा आरती (बिराट शिव आरती) महाशिवरात्रीको दिन अर्थात चौंध फागुन सॉझ छ बजे देखि सात बजे सम्पन्न गरिने आयोजकले जानकारी गराएको हो।

झिलिमिलि बत्ति बालिएको छ। पोखरी भित्र जाने करिव आधा किलोमिटर सडकको दुबैतर्फ र शिव मन्दिरमा, पोखरीमा समेत बत्ति बालेर उक्त सॉझ झिलिमिलि सहित गंगा आरती गर्न लागिएको हो। आरतीको लागि तीनवटा फलामको छाता बनाएर पोखरीको दक्षिण शिव मन्दिर छेउमा मंच बनाईएको छ। संध्याकालिन भजन कृतन गर्न करिब हजार जना अट्ने पांडाल निर्माण गरिएको छ । सोही पांडालमा बसेर गंगा आरती गरिसकेपछि भक्तजनले भजन कृतन गर्ने जनाईएको हो।

बिराटपोखरीको एतिहासिक महत्व झल्काउने धर्म संरक्षण र सम्बर्द्धन बिकास गरी बिराटपोखरीमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने र पोखरीको महत्व बढाई एक धार्मिक तथा पर्यटकिय गन्तब्य स्थानको रूपमा बिकाश गर्ने उद्देश्यका साथ आरतीको आयोजना गर्न लागिएको आयोजकको तर्फबाट जानकारी गराईएको हो।

आरती सम्पन्न गर्न कूल खर्च अनुमानित साढे तीन लाख खर्च हुने र सो खर्च सम्पूर्ण दाता र सहयोगीहरुबाट जुटाइने आयोजक समितिका सचिव जगनाथ भट्टराईले बताए। स्टेज निर्माण,आरतीको सामाग्री,साउण्ड सिस्टम,बिजुली बत्ति,गंगा आरतीको लागि फलामे ग्रील छाता,गुरु पुरोहित खर्च,लक्ष्यवर्ती खर्च,पूजा खर्च,प्रचार प्रसार लगायतमा उक्त रकम खर्च हुने भट्टराईको भनाई छ।

आयोजक समितिका अध्यक्ष इन्द्र प्रसाईका अनुसार चौध गते शिवरात्रीको दिन पोखरी परिसर शिव मन्दिरमा बिहान सात बजे देखि नौं बजे सम्म भगवान शिव लगायतको पूजा आरधाना र सोही दिन बेलुकी पाँच बजे देखि छ बजे सम्म औपचारिक कार्यक्रम तथा सम्मान कार्यक्रम,बेलुका छ बजे देखि सात बजे सम्म गंगा आरती (बिराट शिव आरती) र सात बजे देखि बारह बजे सम्म रात्रीकालीनमा संगीतमय भजन कृतन कार्यक्रम हुने जानकारी गराए।

आयोजक समितिका सहसचिव अर्जुन उप्रेतीका अनुसार यो अभियानमा बैदेशिक रोजगारी कोरियामा रहनुहुने प्रकाश उप्रेती, राजु पौडेल,अनिल चूडाल,प्रलय सिटौला लगायतका स्थानिय युवाहरु र अन्य सहयोगी समेतले आर्थिक सहयोग गरेको बताए। उनीहरु जस्तै अन्य सहयोगी दाताहरुबाट नै यो आरतीको अभियान सफल हुने उप्रेतीको भनाई छ साथै रु.पाँच हजार भन्दा माथिको रकम सहयोगी दाताहरुलाई प्रशंसापत्रले सोही दिन सम्मान जनाईने समेत उनले बताए। छिमेकी गाबिस हल्दीबारी,बारहदशी,बिर्तामोडका नौ, दश,दुई लगायतका वडाका करिव दश देखि पन्ध्र हजार अवलोकनकर्ता आउने अनुमान गरिएको उक्त गंगा आरती कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा साँझमा संगीतमय भजन कृतन  समेत हुने बताए भने अभियान सफल पार्न बिभिन्न समितिहरु निर्माण गरिएको उप्रेतीले जनाए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते