बिराटपोखरीमा गंगा आरतीको तयारी

 


११ फागुन,झापा
बिभिन्न धार्मिक हिन्दु चाडपर्बहरुमा बिबिध कार्यक्रम संचालन गर्दै आएको श्री बिराटपोखरी (सरोबर बहुउद्धेश्यीय) बिकास समितिले यस वर्षको शिवरात्रीको पावन अवसरमा आगामी फागुन चौध गते भने बिर्तामोड नगरपालिकामै हाल सम्म कहि कतै आयोजना नगरिएको दाबी गरिएको गंङ्गा आरती (बिराट शिव आरती) बिराटपोखरीमा आयोजना गर्ने भएको छ। बिर्तामोड नगरपालिका वडा न.-३ स्थित बिराटपोखरीको एतिहासिक महत्व झल्काउने धर्म संरक्षण र सम्बर्द्धन बिकास गरी बिराटपोखरीमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने र पोखरीको महत्व बढाई एक धार्मिक तथा पर्यटकिय गन्तब्य स्थानको रूपमा बिकाश गर्ने उद्देश्यका साथ आरतीको आयोजना गर्न लागिएको आयोजकको तर्फबाट जानकारी गराईएको हो।

आरती सम्पन्न गर्न कूल खर्च अनुमानित साढे तीन लाख खर्च हुने र सो खर्च सम्पूर्ण दाता र सहयोगीहरुबाट जुटाइने आयोजक समितिका सचिव जगनाथ भट्टराईले बताए। स्टेज निर्माण,आरतीको सामाग्री,साउण्ड सिस्टम,बिजुली बत्ति,गंगा आरतीको लागि फलामे ग्रील छाता,गुरु पुरोहित खर्च,लक्ष्यवर्ती खर्च,पूजा खर्च,प्रचार प्रसार लगायतमा सो रकम खर्च हुने भट्टराईको भनाई छ।

आयोजक समितिका अध्यक्ष इन्द्र प्रसाईका अनुसार चौध गते शिवरात्रीको दिन पोखरी परिसर शिव मन्दिरमा बिहान सात बजे देखि नौं बजे सम्म भगवान शिव लगायतको पूजा आरधाना र सोही दिन बेलुकी पाँच बजे देखि छ बजे सम्म औपचारिक कार्यक्रम तथा सम्मान कार्यक्रम,बेलुका सात बजे देखि आठ बजे सम्म गंगा आरती (बिराट शिव आरती) र सात बजे देखि बारह बजे सम्म रात्रीकालीनमा संगीतमय भजन कृतन कार्यक्रम हुने जानकारी दिए।

 आयोजक समितिका सहसचिव अर्जुन उप्रेतीका अनुसार यो अभियानमा बैदेशिक रोजगारी कोरियामा रहनुहुने प्रकाश उप्रेती, राजु पौडेल,अनिल चूडाल,प्रलय सिटौला लगायतका स्थानिय युवाहरु र अन्यले समेत आर्थिक सहयोग गरेको बताए। उनीहरु जस्तै अन्य सहयोगी दाताहरुबाट नै यो अभियान सफल हुने उप्रेतीको भनाई छ साथै रु.पाँच हजार भन्दा माथिको रकम सहयोगी दाताहरुलाई प्रशंसापत्रले सम्मान जनाउने समेत उनले बताए। छिमेकी गाबिस हल्दीबारी,बारहदशी,बिर्तामोडका नौ, दश,दुई वडा लगायतका करिव दश देखि पन्ध्र हजार अवलोकनकर्ता आउने अनुमान गरिएको उक्त गंगा आरती कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा संगीतमय भजन कृतन हुने समेत बताए भने अभियान सफल पार्न बिभिन्न समिति समेत निर्माण गरिएको उप्रेतीको भनाई छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते