यूवा गायक कमल खत्रीले सैनिक महोत्सवको पहिलो दिन तताउने

 



६ फागुन,झापा
युवापुस्ताका ढुकढुकी कमल खत्रीले  जातिय भेषभूषा सहितको एतिहासिक तेश्रो सैनिक महोत्सवमा पहिलो दिन आठ फागुनमा आफ्नो हिट नम्बरका गीतहरु सहित प्रस्तुति दिने भएका छन् । चर्चित गायक कमल खत्री उक्त साँझ ७ बजे सैनिक महोत्सवको मञ्च उक्लिने आयोजकले जानकारी गराएको हो। ।

कमल खत्री यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् ।

 यी युवा गायक खत्रीको नेपालमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र खत्रीलाई सुनेर हेरेर नेपालीहरु कहिल्यै नअघाउने महोत्सव आयोजक समितिका पदाधिकारी सचिव खुवराज भट्टराईले बताए । आयोजकको भनाई अनुसार नेपालमा गायक खत्रीको माग धेरै छ। उनका प्रत्येक गीतहरु यूट्यूव ट्रेन्डिङ्गमा छ।


खत्रीकोे “ आत्मामा, कोरेर प्रेमपत्र, गल्ती मेरो छैन, माया लै लै, बाटो भए जाम जाम, म गीत हुँ तिम्रो, तिमी मेरो पहिलो माया ' जस्ता यूट्यूबमा

,मिलियन भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् । एतिहासिक सैनिक बजार सहितको सतिहासिक धरोहरहरुलाई चिरपरिचित गर्ने र यहाँ बसोबास गर्ने बिभिन्न जनजाति हरुको स्तर प्रर्बद्धन गर्न  र स्थानीय जनताको जीवनस्तर उकास्न  प्रवर्धन गर्दै बिर्तामोड-१० को सतिहासिक सैनिक बजारलाई  पर्वद्धन गर्ने उदेश्य सहित जातिय भेषभूषा सहितको एतिहासिक तेश्रो सैनिक महोत्सव २०८१ प्रारम्भ गरिएको बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङले बताए।। फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि वडा अध्यक्ष गुरुङले जानकारी गराए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते