तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा अधक्ष्यमा जगत गुरुङ
उद्घाटन कार्यक्रममा परिषदका केन्द्रिय समिति पदाधिकारी,प्रदेश समिति पदाधिकारी तथा जिल्ला समिति पदाधिकारी,झापा जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति टिकाराम गुरुङ लगायतको उपस्थिती रहेको हो।
उद्घाटन सत्रको अवसर पारेर झापा जिल्लाका चारजना अब्बल गुरुङ बिद्यार्थीहरुलाई सम्मान जनाईएको हो । सम्मानित हुनेहरुमा एमबिबिएस उर्तिण कान्काई-८ निबासी सरस्वता गुरुङ,आर्किटेक इन्जिनियर उतिर्ण हुन सफल बिर्तामोड-३ निबासी अनुषा गुरुङ,बिएससी आईटी उर्तिण सफल हुनुहुने बिर्तामोड-४ निबासी प्रतिमा गुरुङ र बिएससी रेडियोलोजी उर्तिण सफल हुनुहुने बिर्तामोड-५ निबासी संगिता गुरुङ रहेका हुन्। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङ तथा अध्यक्षले सम्मान पत्र प्रदान गरे। सो अवसरमा सांगठानिक प्रतिबेदन सचिव शिव प्रसाद गुरुङले प्रश्तुत गर्दै २०६५ साल पछि तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गठन तीब्र रूपमा अघि बढ्दै यो अवस्था सम्म आई पुगेको बताए। झापा जिल्लामा बसोबास गर्ने तेइस प्रजातिका आदिबासी जनजाति मध्ये गुरुङहरुको संख्या करिव अठार हजार रहेको उनले बताए। गुरुङ समुदायले ल्होसार र बुद्ध जयन्ती पर्ब मनाउने गरेकाे र झापा जिल्लामा आठ वटा धर्म गुम्बा रहेको र अन्य निर्माणको क्रममा रहेको समेत जनाए।
बौद्ध धर्मगुरुहरुद्वारा मन्त्रोचारण समेत गरिएको कार्यक्रममा स्वागत नृत्य सुशिला तमुस्यो,एलिना तमुस्यो,अन्जना तमुस्यो र निता तमुस्योले प्रश्तुत गरे साथै अन्य नृत्य चन्द्रकला गुरुङ,सोनिया गुरुङ, अर्जुनधाराका नृत्य कलाकार,मनिषा गुरुङ,अंशु गुरुङ,भद्रपुरका नृत्य टोलीका कलाकार,कमल गाँउपालिका नृत्य टोली लगायतले प्रश्तुत गरे साथै कार्यक्रममा सभा अध्यक्षले प्रमुख अतिथि लगायतलाई मायाको चिनो समेत बितरण गरे ।
मेचीनगर अध्यक्ष सुबास गुरुङ,बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, झापा तमुस्यो अध्यक्ष अमृता गुरुङ,प्रदेश उपाध्यक्ष साबित्रा घले,प्रदेश अध्यक्ष होम घले,केन्द्रीय समिति सदस्य जल कुमार गुरुङ,तमुस्यो केन्द्रीय अध्यक्ष तिलचन गुरुङ,प्रमुख अतिथि कर्ण बहादुर गुरुङ लगायतले आफ्नो मन्तब्यको क्रममा अब बन्ने समितिलाई शुभकामना प्रदान गरे, उद्घाटन सत्रको संचालन परिषद झापा महासचिव राम प्रसाद गुरुङ र स्वागत उपाध्यक्ष जगत गुरुङले गरेका हुन्।
Comments
Post a Comment