एक्टीभ नाईनले जेष्ठ नागरिकहरुलाई बितरण गरयो बुद्धशान्तीमा लौरो
२६ माघ,झापा
एक्टीभ नाइनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्धशान्ति गा.पा.–५ स्थित रिद्धीसिद्धी ज्येष्ठ नागरिक चौतारीमा रहेका ज्येष्ठ नागरिकहरुलाई आज एक कार्यक्रमका बीच लौरो बितरण गरेको छ । समूहका अध्यक्ष श्री गोविन्द निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नागरिक चौतारीका अध्यक्ष श्री इन्दिरा रिजालको प्रमुख आतिथ्यता रहेको हो । सदस्य श्री सुरेश खतिवडाले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वर्तमान समयमा यूवा पुस्ता अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे अनुसारको समय दिन नसक्ने भएकोले ज्येष्ठ नागरिकहरु भेला भई एक आपसमा दूःख सुख बाँड्ने उचित स्थान ज्येष्ठ चौतारी स्थापित भएको वताएका हुन् । लौरो भनेको साहारा हो प्रत्यक्ष व्यक्तिको अनुपस्थितिमा ज्येष्ठ नागरिकलाई लौराले ठूलो सहारा प्रदान गर्ने भएकोले वितरण कार्यमा लौरौ नै रोजिएको उनले बताए । उक्त कार्यक्रमको संचालन सचिव भानुभक्त खनालले गरेका हुन् ।
वि.सं. २०७४ सालमा स्थापित यस संस्थाले झापामै पहिलो पटक शंख ध्वनी प्रतियोगिता समेत संचालन गरिसकेको छ भने “परम्परागत वाजा हामी सवैको साझा” भन्दै नौमति वाजाको संरक्षणार्थ सांकेतिक रुपमा वाजा समेत बजाइसकेको छ भने यस अघिका स्थापना दिवसमा झापा नाटक घरमा “एक व्यक्ति एक इटा” कार्यक्रममा सहयोग, रक्तदान कार्यक्रम लगायतका गतिविधि सञ्चालन गर्दै आएको समूहले गत वर्ष छैटौं स्थापना दिवसमा शिवसताक्षी–११, सताक्षीधाममा रहेको गोलोक गोवद्र्धन गौशालामा चोकर हस्तान्तरण गरी मनाएको हो ।
Comments
Post a Comment