नो केवलकार पक्षले दियो बिर्तामोडको ग्लोबल आईएमई बैंकमा धर्ना
१ फागुन, झापा
नो केवलकार आन्दोलनरत समूहले बिर्तामोडको ग्लोबल आइएमई बैंकमा धर्ना दिएको छ । धर्नाका कारण बैंकले दिने सेवा प्रवाह केही प्रभावित भएको छ । धर्ना सुरु भएपछि बैंकले सुरक्षाकर्मीहरुको सहारा लिएको हो। आन्दोलनरत समूहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत कोशी प्रदेशका शाखाहरुमा धर्ना दिने कार्यक्रम छ । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा,फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
Comments
Post a Comment