मनोकामना काली कृतन मण्डलीको संयोजक डिल्लीराम पाठक चयन
२३ माघ,झापा
मनकामना काली कृतन मण्डली बिर्तामोड-१० बिराटपोखरको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिराटपोखर महिला समूह अध्यक्ष,बिराटपोखर टोलबिकाश संस्था अध्यक्ष तथा नवदुर्गा कृतन मण्डली अध्यक्ष कृष्णा कुमारी प्रसाईले गरिन्। उक्त अवसरमा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अध्यक्ष घुर्ब प्रसाद शिवाकोटी,बिष्णु भगवती अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सपल पूण्य प्रसाद उप्रेती लगायतको उपस्थिति रहेको हो।
अधिबेशनले डिल्लीराम पाठकको संयोजकत्वमा तेरह सदस्यीय कृतन मण्डलीको कार्यसमिति चयन गरेको निर्बाचन मण्डलीका संयोजक पुण्य प्रसाद उप्रेतीले जानकारी गराए। जसको सह संयोजकमा गोमा ढुंगाना संग्रौला,सचिवमा मिलन आले, सहसचिवमा दिपक संग्रौला, कोषाध्यक्षमा भूपेन्द्र बाँस्कोटा, सहकोषाध्यक्षमा टिका भट्टराई सुबेदी र सदस्यहरुमा राम खनाल, टिकामाया शिवाकोटी,तोम प्रसाद तिवारी,अर्जुन तामाङ्ग,दुर्गा सेढाई र बिन्दा खरेल आगामी दुई बर्षे कार्यकालको लागि सर्बसम्मत चयन भएको जानकारी गराईएको हो भने उक्त कार्यक्रममा निर्वतमान संयोजक नैनकला थापालाई प्रमूख अतिथि प्रसाईले सम्मान पत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान जनाए । मनकामना मन्दिरमा सरस्वतीको मूर्ती स्थापना गरिदिनु हुने कमल प्रसाद अधिकारीलाई समेत दोसल्ला ओढाएर सम्मान जनाईएको हो।
कोषको हिसाबबारे कोषाध्यक्ष कमल प्रसाद अधिकारीले रु.चालिस हजारको मौज्दात रकम पेश गरेको , कार्यक्रमको औचित्य माथि प्रकाश सचिव मिलन आलेले गरेको र स्वागत सदस्य नबिन सेढाईले गरेको कार्यक्रममा प्रमुख अथिति प्रसाई, मन्दिर समिति अध्यक्ष शिवाकोटी र बिष्णु भगवतीका संस्थापक प्रिन्सिपल उप्रेतीले कार्यकम सफलताको शुभकामना साथै नवनिर्बाचित पदाधिकारी हरुलाई खादा,टिका लगाईदिएर शुभकामना दिएको कार्यक्रमको संचालन सचिव मिलन आलेले गरेका हुन्। बन्द सत्रको अध्यक्षता युवराज पराजुल,निर्बाचन संयोजक पूण्य प्रसाद उप्रेती र सदस्य रघुनाथ पाठक रहेका हुन्।
Comments
Post a Comment