मनकामना काली मन्दिरले निबर्तमान संयोजक थापालाई सम्मान गर्ने




२० माघ,झापा
मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरले त्यस समिति उन्तर्गत गठित मनकामना काली कृतन मण्डलीको निर्वतमान संयोजक नैनकला थापालाई सम्मान गर्ने भएको छ। सो कृतन मण्डलीको दोश्रो साधारण सभा तथा प्रथम अधिबेशनको अवसर पारेर आगामी माघ २१ गते सरस्वती पूजाको दिन
 सम्मान गर्न लागिएको जनाईएको हो। उक्त कार्यक्रयमा मनकामना काली कृतन मण्डलीलाई उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान जनाउन लागिएको मन्दिर समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीले जानकारी  गराए।

कृतन मण्डलीका नि.संयोजक डिल्लीराम पाठकले बताए कि सम्मान जनाउनु पर्ने व्यक्ति अरु धेरै सहयोगीहरु हुनुहुन्छ तथापि कृतन मण्डलीलाई सहयोग गरेर संयोजक जस्तो गरिमामय पदमा बसेर सहयोग गर्नुहुने ब्याक्तित्वहरुलाई उहाँहरुले कार्यभार छोड्दै गर्दा उहाँहरुप्रति कृतन मण्डलीले सम्मान जनाउने परम्परा बसाउन यो कार्य गरिएको बताए। नियमले संयोजकको कार्यभार दुई बर्ष तोकिए पनि आफ्नो कार्य ब्यस्तताको कारण संयोजक थापाले केही समय अघि नै राजिनामा दिनु भएको पाठकले जानकारी दिए। अन्य सहयोगीहरुलाई समेत आगामी दिनमा  सम्मान जनाउदै लगिने उनको भनाई रहयो।

मनकामना काली मन्दिर बिर्तामोड-१० बिराटपोखरको प्राङ्गडमा आयोजना हुने उक्त दिनको कार्यक्रममा बिहान सोही मन्दिरमा स्थापित नवनिर्मित सरस्वतीको प्रतिमाको अनावरण सहित पूजा र सॉझ स्थानिय छिमेकी कृतन मण्डलीहरुको सहकार्यमा भजन कृतन सहितको कार्यक्रम रहने मन्दिर समितिका सहसचिव राम खनालले बताए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते