अधिकारी परिवारद्वारा मन्दिरमा सरस्वतीको मूर्ती स्थापना
२१ माघ,झापा
समाजसेवी दाताको सहयोगमा मनकामना काली मन्दिर बिर्तामोड-१० बिराटपोखरको प्राङ्गणमा विद्याकी देबी सरस्वती माताको प्रतिमा स्थापना गरिएको छ। सरस्वती पूजाको अवसर पारेर एक कार्यक्रम बीच आज उक्त प्रतिमालाई सार्बजानिक रूपमा अनावरण गरिएको हो। प्रतिमा सार्बजानिक कार्यक्रममा मनकामना काली मन्दिर समितिका अध्यक्ष घुर्ब प्रसाद शिवाकोटी,बिराट सरोबर बहुउद्देश्यीय बिकाश समिति बिर्तामोड-३ का अध्यक्ष इन्द्र प्रसाद प्रसाई लगायतको उपस्थिति रहेको हो।
दाताको तर्फबाट मनकामना काली निर्माण सेवाका प्रोपाईटर बिशाल अधिकारीले विद्या ज्ञान र सृजनशीलताकी प्रतीक देवी सरस्वतीको कृपा सबैमा रहोस् भन्ने उद्देश्य सहित श्रद्धापूर्वक सबैजनाले पूजा गरुन् भन्ने उद्देश्यले आफूले उक्त मन्दिर प्राङ्गणमा सरस्वती माताको मूर्ती स्थापना गर्न आर्थिक सहयोग गरिदिएको जानकारी गराए। उनले भने आफू पनि सोही क्षेत्रको बासिन्दा भएको नाताले उक्त पूण्य कार्य गर्न प्रेरणा मिलेको समेत बताए। अधिकारीका पिता स्थानिय कमल प्रसाद अधिकारीले उक्त प्रतिमा स्थापना गर्न करिब चालिस हजार रुपैया खर्च भएको बताए भने अझै प्रतिमा माथि टिनको छानो पानीबाट बचाउन राख्न सके राम्रो हुने समेत जानकारी गराए। प्रतिमा सार्बजानिक कार्यक्रममा अधिकारी परिवार लगायत उपस्थितले सो प्रतिमाको बिधिवत रुपमा पूजा अर्चना समेत गरेका हुन्।
मन्दिर समितिका तर्फबाट सह सचिव राम प्रसाद खनालले दाता परिवारले प्रतिमा स्थापना गरिदिएर पुण्य कार्य गरिदिनु भएकोमा दाता परिवारलाई धन्यबाद ज्ञापन गर्दै प्रतिमा करिव अढाई फिट उचाई र दुई फिट चौडाई भएको टायल र सिमेन्टको बक्स माथि मनकामना काली मन्दिर प्रवेशद्वार नजिकै पूर्वपट्टि स्थापना गरिएको जानकारी गराए भने अन्य थप कार्य भबिष्यमा अघि बढाईने बताए। समितिकै तर्फबाट अध्यक्ष शिवाकोटीले समेत सहयोगी दाता परिवारलाई धन्यबाद ज्ञापन गरे।
"विद्या ददाति विनयं, विनयाद् याति पात्रताम्" विद्याले विनम्रता दिन्छ, विनम्रताले योग्य बनाउँछ भन्ने मन्त्रलाई आत्मसात गर्दै अधिकारी परिवारको यो पुनीत कार्य समाजका अन्य व्यक्तिहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।
धार्मिक कार्यहरूमा अग्रसर अधिकारी परिवारले गत वर्ष मात्र गौरीशंकर शिवालय गायत्री स्वरूप आश्रम साधुकुटीमा १०८ शिवलिङ्ग स्थापनार्थ रु १,०१,१११ संकल्प गरेको जनाईएको हो। प्रतिमा सौजन्यकर्ता अधिकारी परिवारको तर्फबाट बिशाल अधिकारी, बिष्णु अधिकारी, बुबा कमल अधिकारी र आमा जमुना अधिकारी रहेका छन्।
Comments
Post a Comment