बिर्तामोड-७ सुन्दर निचाझोडा बनको सपथ ग्रहण आज
१६ बैशाख,झापा
झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भए पछि आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्बाचन गत बैशाख ४ गते सम्पन्न भएको हो।
त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा ४५६, सचिव इन्दिरा अधिकारी बाँसकोटा ४३२ , सहसचिव जीवन कार्की ४१० र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले ४३५ मत ल्याई विजय हासिल गरेका हुन् ।
त्यस्तै महिला सदस्यमा शान्ता उप्रेती ४१९ , मन्जु कट्टेल उप्रेती ४२०, जनजातितर्फ बुद्धराज लिम्बू ४२६, दलिततर्फ सावित्रा कार्की ४३१ र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत ल्याई विजय हासिल गरेका हुन् ।
निर्बाचन संयोजक मेदनी सिटौलाले आज निर्बाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र बितरण गरेको नवनिर्बाचित अध्यक्ष कृष्ण प्रसाद लिम्बुले जानकारी गराए।
Comments
Post a Comment