बिर्तामोड-७ सुन्दर निचाझोडा बनको सपथ ग्रहण आज

 


१६ बैशाख,झापा

झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भए पछि आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्बाचन गत बैशाख ४ गते सम्पन्न भएको हो।

निर्बाचनमा नेकपा एमालेको प्यानललाई पराजित गरी नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन निर्वाचित भएको हो । एमालेका उम्मेद्वार सूर्यबहादुर भट्टराईलाई २३१ मतको फराकिलो अन्तरले पराजित गरी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार कृष्णप्रसाद लिम्बू निर्वाचित भएका हुन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले मात्र २५३ मत पाए । यो जितसंगै अघिल्लो निर्वाचनमा एमाले उम्मेदवारबाट भोगेको पराजयको लिम्बूले बदला लिएका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा ४५६, सचिव इन्दिरा अधिकारी बाँसकोटा ४३२ , सहसचिव जीवन कार्की ४१० र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले ४३५ मत ल्याई विजय हासिल गरेका हुन् ।

त्यस्तै महिला सदस्यमा शान्ता उप्रेती ४१९ , मन्जु कट्टेल उप्रेती ४२०, जनजातितर्फ बुद्धराज लिम्बू ४२६, दलिततर्फ सावित्रा कार्की ४३१ र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत ल्याई विजय हासिल गरेका हुन् ।

निर्बाचन संयोजक मेदनी सिटौलाले आज निर्बाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र बितरण गरेको नवनिर्बाचित अध्यक्ष कृष्ण प्रसाद लिम्बुले जानकारी गराए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया