बुद्धशान्तिमा क्रियाशील पत्रकारहरूका लागि सामूहिक दुर्घटना बीमा
बुद्धशान्ति, जेठ १४।
बुद्धशान्ति प्रेस क्लबले स्थानीय स्तरमा पत्रकारिता गरिरहेका सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै निःशुल्क सामूहिक दुर्घटना बीमा सुविधा प्रदान गरेको छ।
क्लबको वार्षिक योजना अनुसार, यस वर्ष २० जना पत्रकारका लागि जनही एक लाख रुपैयाँका दरले जम्मा २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लब अध्यक्ष तीर्थराज तिम्सिनाले जानकारी दिए। उनले पत्रकारको भौतिक सुरक्षा तथा आकस्मिक जोखिम व्यवस्थापनमा बीमाले महत्वपूर्ण योगदान पुर्याउने बताए।
प्रेस क्लब उपाध्यक्ष नारायण अर्यालले ग्रामीण भेगमा क्रियाशील पत्रकारहरूको सुरक्षालाई ध्यानमा राख्दै बीमा योजना आवश्यक भएको बताए। उनका अनुसार, पेशागत दायित्व पुरा गर्दै जोखिम मोलेका पत्रकारहरूको सुरक्षामा प्रेस क्लब गम्भीर छ।
बीमाका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएकोमा अन्ततः नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी चयन गरिएको क्लबका सचिव रोशन भट्टराईले जानकारी गराए। सम्झौतापछि बीमा सेवा तत्काल लागू भइसकेको छ।
बीमा सम्झौतामा नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोड शाखाका प्रमुख दीपक काफ्ले र प्रेस क्लब अध्यक्ष तिम्सिनाले औपचारिक हस्ताक्षर गरेका छन्।
Comments
Post a Comment