राजसंस्था र हिन्दु राष्ट्र पक्षमा बिर्तामोड-१० बाट टोली काठमाडौँतर्फ


१३ जेठ,झापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाप्रति जनताको गहिरो असन्तुष्टि रहेको भन्दै भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनमार्फत यो व्यवस्था परिवर्तन गर्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनका अनुसार यथास्थिति कायमै रहेमा आगामी वर्षहरूमा पनि आम जनताले परिवर्तनको अनुभूति गर्न नपाउने अवस्था सिर्जना हुनेछ।

यही सन्दर्भमा, जेठ १५ गते संयुक्त जनआन्दोलन समितिद्वारा घोषणा गरिएको शान्तिपूर्ण आन्दोलनमा सहभागिता जनाउन राप्रपा  बिर्तामोड नगरपालिका वडा नं. १० बाट करिब ३० सदस्यीय टोली काठमाडौँ प्रस्थान गर्ने भएको छ। टोली जेठ १३ र १४ गते गरी दुई चरणमा राजधानीतर्फ लाग्ने तयारीमा छ।

टोलीको नेतृत्व बिर्तामोड-१० राप्रपा अध्यक्ष पृथ्वी बहादुर बस्नेत तथा नगर समिति सदस्य भुवानी एसके राउतले गर्नेछन्। सहभागीहरूको सूचीमा पृथ्वी बस्नेत, हेमराज खनाल, कृष्णप्रसाद थपलिया, रमेश तिवारी, दुर्गाप्रसाद खतिवडा, नारायण प्रसाद अधिकारी, मदनबहादुर बस्नेत, जगतराज बस्नेत, घनश्याम कार्की, आदित्य राई, डीबी थापा, बेद बहादुर लिम्बु, बाबूराम ढुंगाना, एलबी ढुंगाना, अमर कन्दङ्गवा, युवराज बस्नेत, कल्पना राणा, भुवानी एसके राउत, याम प्रसाद खनाल, राज बहादुर गुरुङ, सबिन गुरुङ, जीत बहादुर कार्की, देबी प्रसाद पौड्याल, महेन्द्र श्रेष्ठ, गङ्गा बस्नेत, अप्सरा खत्री, सुनिता खनाल, रोहित ढकाल, पीयुष लामा र शंकर चौधरी रहेका छन्।

समय अभावका कारण हेमराज खनाल र शंकर चौधरी भने हवाई मार्गमार्फत काठमाडौँ पुग्ने जनाइएको छ भने धूर्ब प्रसाद शिवाकोटी फूपुको विशेष अस्वस्थ्यता र रघुनाथ पाठक घरायसी कारणले यसपटक यतै रोकिएका छन्।

उल्लेखनीय छ, राजसंस्थाको पुनर्स्थापना तथा सनातन हिन्दु धर्मको संरक्षणका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते राजधानीमा शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेको छ। सोही आह्वानअनुसार राप्रपाका विभिन्न तहका कार्यकर्ता सक्रिय सहभागिताका साथ राजधानीमा जुट्दै छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते