एनएमसीबाट उपचार राहत बितरण
बिर्तामोड बैशाख १४
झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले आफ्नो शेयर सदस्यलाई आर्थिक राहत प्रदान गरेको छ।
एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्र अन्तरगत शेयर सदस्य अनु मुखियालाई दुर्घटना उपचार खर्च बापत १० हजार रुपैयाँ प्रदान गरिएको हो।
सहकारीको सैनिकबजार सेवा केन्द्र २ नम्बर एकाइ उपसमिति संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,कार्यालय प्रमुख सन्तोष ढुंगाना, कर्जा विभाग प्रमुख पवन मैनाली, कर्मचारी लुबराज प्रसाईं, चन्द्रबहादुर राईलगायतको टोलीले शेयर सदस्य मुखियाको निवासमा पुगेर उक्त उपचार राहत रकम हस्तान्तरण गरेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी दिइन्।
सैनिकबजारस्थित शिक्षासेवी रुपनारायण मुखियाकी सुपुत्री अनु मुखियाको केही दिन अघि घरमा लडेर खुट्टा भाँचिएपछि उनी उपचारकै क्रममा घरैमा आराम गरिरहेकी छिन। बीस वर्षे क्रमिक खाता अन्तरगत दुर्घटना उपचार राहत बापत संस्थाको नियम अनुसार उक्त रकम उपलब्ध गराइएको कार्यलय प्रमुख ढंगानाले बताए। प्रदेश-१ कै एटीएम सञ्चालन गर्ने पहिलो सहकारीको रुपमा रहेको एनएमसीका ५२ शाखा र एक लाखभन्दा बढी शेयर सदस्य रहेका छन्।
Sent from vivo smartphone
Comments
Post a Comment