कांग्रेस गढ बिर्तामोड ३ एमालेको टिम बिजयी

 जेठ ४ झापा

आयोगले स्थानिय तह  निर्बाचन परिणाम घोषणा गरिरहदा बिर्तामोड ३ मा वडा अध्यक्ष पदमा एमालेका मदन बुढाथोकी  निर्बाचित भएका छन् । गत बैशाख ३० गते स्थानिय तहको  निर्बाचन भएको हो।

रयालीमा बिजयी उम्मेद्वार

 बिर्तामोड वडा न. ३ मा बिभिन्न पार्टीबाट वडा अध्यक्षमा ४ जनाले उम्मेद्वारी दिएका थिए। जसमा नेकपा एमालेबाट मदन बुढाथोकी,कांग्रेसका पदम प्रसाद उदेती,जसपाका हरि नारायण चौधरी,राप्रपाका किरण प्रसाद पौडेल रहेका थिए ।

मदन बुढाथोकी

त्यस्तै वडा सदस्यहरुमा रामालेकै हरि प्रसाद बास्कोटा भागीमान लिम्बु  महिला सदस्यमा घनसरी राजबंशी र दलित महिला सदस्यमा लक्ष्मी रोक्का सार्की बिजयी भएका छन्। बिभित्र पार्टीबाट १५ जना सदस्य उम्मेद्वार मध्येबाट ४ जना एमाले वडा सदस्य निर्बाचित  भएका हुन । हाल बिर्तामोड मेयरमा कांग्रेसका उम्मेद्वार भोजराज सिटौला अघिल्लो  निर्वाचनमा यस वडामा वडाअध्यक्ष निर्बाचित भएका थिए। कांग्रेसले भने बिर्तामोडमा यस वडालाई आफनो पकडको क्षेत्रमा पहिल्यै देखि नै हेर्दै आएको थियो। अध्यक्ष बुढाथोकीले २२६३ मत प्राप्त गरेको आयोगले जानकारी गराएको छ। बुढाथोकीका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका पदम प्रसाद उप्रेतीले भने ११४१ मत प्राप्त गरेका छन्।

आयोग बाट प्राप्त मत बिवरण

त्यस्तै बिजेता नदस्यहरु घनसरी राजवशी १७३५ मत, लक्ष्मी रोक्का सार्की १८०३, भागीमान लिम्बु १६८२ र हरि प्रसाद बास्कोटाले १७७४ मत प्राप्त गरेको जानकारी रहेको छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते