पत्रकारिता प्रशिक्षण भोली समापन हुने

 


बैशाख २०, झापा
नेपाल पत्रकार महासंघ झापा शाखाले गौरादह नगरपालिका झापाको सहयोगमा विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर २ दिवशिय पत्रकारिताको बदलिदो आयाम : अनलाईन पत्रकारिता लेखन र समाचार कक्ष भूमिका बिषयको प्रशिक्षण कार्यक्रमको मंगलबार उदघाटन नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको छ। कमल गाँउ पालिका वडा न ५ को ऑखीझ्याल रेष्टुरेन्टको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो ।नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, नेपाल पत्रकार महासघ प्रदेश सदस्य बिष्णु सुब्बा, प्रेस चौतारी नेपाल अध्यक्ष तथा दमक पत्रकार मंचका मन कुमार गदाल, प्रेस यूनियन झापा अध्यक्ष गिरि राज भट्टराई मिडिया नेपाल झापा अध्यक्ष रन्जित प्रसाई, समाजबादी प्रेस संगठन संयोजक अनिल देव राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापा अध्यक्ष भूमिका सुब्बा, नेपाल आदिबासी जनजाति पत्रकार महासघ का प्रदेश महासचिव सुसन राई, स्वतन्त्र पत्रकार महासंघ प्रदेश सदस्य रत्न ब बस्नेत, फोटो पत्रकार संघ झापा अध्यक्ष बिनोद पाण्डे, प्रदेश परिषद सदस्य मन कुमार शर्मा, टिकाराम उप्रेती, उमानाथ भट्टराई, शिवसतासी प्रेस कल्व अध्यक्ष सेलिङ्ग जिसि, संचार क्ल्व गौरादहका सचिव सान नेपाल लगायत ३५ जना सहभागी रहेको थियो ।

सहभागी बिभिन्न वक्ताहरुले प्रेस स्वतन्त्रता र कार्यक्रमको बारेमा आफ्ना धारणा राखेको कार्यक्रम को प्रमुख अतिथि भट्टराईले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्‌घाटन गर्नु भएको थियो। सोही कार्यक्रममा प्रमूख अथिति र प्रशिक्षक अरुण बराल लाई नेपाल पत्रकार महासंघ झापाको तर्फ बाट मायाको चिनो प्रदान गरियो । नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरिले यस्ता कार्यक्रमले पत्रकारहरुको क्षमता बिकाश हुने घारणा सहित प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार सचेत रहनु पर्नेमा जोड दिनु भयो । प्रमुख अथिति भट्टराईले पत्रकारहरु सच्चा इमान्दार र कर्मठ हुनुपर्ने धारणा राख्नु भयो।

बिहान ८ बजे शुरु भएको उद्घाटन सत्र कार्यकममा माई पश्चिमका पत्रकार लगायत सहभागी ३५ जना पत्रकार हरुको  उपस्थिति रहेको पत्रकार महासंघ झापा सचिव डिकेश लामाले जानकारी गराउनु भयो। उद्घाटन सत्र पछि प्रशिक्षक बरालले प्रशिक्षण कार्यक्रम संचालन गर्नु भएको हो।


नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव डिकेश लामाले गर्नु भएको थियो भने प्रप्शिक्षक बराल नेपाल खबर डटकमका सम्पादक हुनुहुन्छ  कार्यक्रम भोली समापन हुदैछा। प्रबिधि नियन्त्रित मिडिया नाराको साथ आज विश्व भर प्रेस स्वतनत्रता दिवश मनाईदैछ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला