बिर्तामोड २ किशोर पौडेल सहित एमाले सदस्य बिजयी

 जेठ ३ मंगलबार झापा

बिर्तामोड २ मा स्थानिय तह निर्बाचनमा नेकपा एमालेका किशोर पौडेल वडा अध्यक्षमा निर्बाचित भए संगै साथमा नेकपा एमालेबाटअन्य सदस्य समेत बिजयी बनेका छन् । नेपाली काग्रेस धर्मराज लक्सम्वा र राप्रपाका शंकर प्रसाद रिजाललाई पछि पार्दै उनी वडा अध्यक्षमा बिजयी बनेका हुन्। वडामा अध्यक्षको लागि जम्मा ३ जनाको मात्र उमेद्धारी रहेको थियो।  बिर्तामो

रयालीमा लिईएको तस्बिर

ड नगरमा सबैभन्दा कम ३ जना मात्र वडाअध्यक्ष उम्मेद्वार रहेको वडा पनि यो हो ।

बिर्तामोड नगरपालिका कार्यलय

त्यस्तै वडा सदस्यमा एमालेकै ओम नाथ गौतम, चेतन विमली, तिला गौतम, शर्मिला त्रिखत्री बिजयी बनेका छन् ।


सदस्यहरुमा खुला ७, महिला ३, दलित ३ गरि जम्मा १३ जना बिभिन्न पार्टीबाट उमेद्ववार थिए । वडामा स्वतन्त्र उम्मेद्वार भने कोही थिएनन्। मत परिणाम पौडेल २०२१, तिला गौतम २०८१, त्रिखत्री २०२९, ओमनाथ गौतम १८२५ चेतन बिमलीको १८४७ रहेको आयोगद्वारा जानकारी गराएको छ ।

प्राप्त मत




Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन