अटो बन्यो २ दिनको घरदैलो चुनावी प्रचार साधन

बैशाख २६ झापा

नेकपा माले बिर्तामोड निर्बाचन प्रसार प्रसार समितिले घरदैलो चुनावी प्रसार प्रचार शुरु गरेको छ।

बैशाख २५ र २६ गते विर्तामोड वडा न.९ र ४ मा अटो बाट २ दिन मात्र घरदैलो प्रचार गरेको बिर्तमोड नेकपा माले नगर इन्चार्ज प्रकाश चन्द्र बरालले जानकारी गराए।


नगरमा नेकपा मालेका २ जना मात्र उम्मेद्वार रहेका छन् । जसमा बिर्तामोड ४ वडा अध्यक्ष पदको लागि सुमित्रा श्रेष्ट र वडा न. ९ मा सदस्य सहदेब थपलिया रहेका छन् । बिर्तामोड नगर भरिमा सुमित्रा श्रेष्ट एक जना मात्र वडा अध्यक्षका महिला उम्मेद्वार हुन् । अन्य कुनै पार्टी वा स्वतन्त्रबाट नगरमा महिला वडा अध्यक्ष छैनन् । यो चुनावमा नेकपा मालेले भौतिक बिकाशमा जोड दिएको बरालले बताए। एकल रणनितिमा स्थानिय चुनावमा उम्मेद्वारी दिएको मालेलाई अन्य कुनै पार्टीको सहयोग छैन । स्थानिय निर्वाचन आगामी बैशाख ३० गते शुक्रबार बिहान शुरु हुदैछ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन