सैनिकबजारमा ६६५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण,२ वटा नयाँ केश फेला


२८ माघ झापा
सुरेश आले"सर्जु"

दुई जना शंकाश्पद संभाबित क्यान्सर हुन सक्ने पुष्टि हुन नसकेको रोगी फेला परेको छ । जम्मा ६६५ जनाको स्वास्थ्य परिक्षण गर्दा महिला ३६४ जना र पूरुष संख्या ३०१ रहेको थियो । त्यस मध्ये २ वटा नयाँ  केश फेला परेको हो। नाक,कान,घाटी तर्फ परिक्षण ३७० जनाको रहेको थियो भने २९५ जनाको पाठेघर र स्तन सम्बन्धि रोगको परिक्षण गरिएको हो ।

माघ २८ गते शनिबार झापा बिर्तामोड-१० महेन्द्र ज्योति मा.बि. सैनिक बजारमा बिर्तामोड नगरपालिका,बिशाल कृषि सहकारी बि.न.पा.-१० सैनिक बजार र बिराटपोखर महिला समूह बिर्तामोड-१० बिराटपोखरको आयोजनामा बि.पि.कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर चितवनका बिशेषज्ञ चिकित्सकहरुको सहयोगमा नि:शुल्क एक दिवशीय स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियाे। शिबिरमा भरतपूर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतम,आखाँ बिशेषज्ञ डा. मारिया गौतम,चिकित्सक एनेसथेसिया डा.संजय पौडेल, गाईनो बिशेषज्ञ डा.मञ्जु पाण्डे,क्यान्सर प्रिजेन्सर डा. अस्मिता राणा,थोरासिस सर्जरी डा.शसांक श्रेष्ठ ,नाक कान घाटी बिशेषज्ञ डा.बिजय न्यौपाने,डा.संयम पराजुली, डा.अस्मिता गौतम,डा.बिपिर क्षत्री,डा.अमन श्रेष्ठ,मेडिकल चाईनिज चिकित्सक टिम ३ जना,बरिष्ट नर्सिङ अधिकृत ७ जना,पब्लिक हेल्थ अधिकृत ल्याब टेकिन्सियन लगायत ३१ जना चिकित्सकको सहभागिता रहेको थियो। शिबिरमा २ वटा नयाँ केश फेला परेको र २० जना पुरानो रोगी फलोअपमा आएको तथा रोगको अवस्था हेरेर प्रेसर,सुगर परिक्षण लगायत औषधि बितरण, सम्बन्धित चिकित्सालयमा रेफर समेतको प्रकृया अघि बढाईएको समेत भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले जानकारी दिनु भयो।

कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथी बिर्तामोड नगरपालिका प्रमुख मेयर पबित्रा महतरा प्रसाई,बिशिष्ट अतिथि उपप्रमुख नगेन्द्र संग्रौला,बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, बिशाल कृषि सहकारीका अध्यक्ष देबेन्द्र गौतम, डा. देज कुमार गौतम लगायतले स्वास्थ्य शिविर संचालनको आवश्यकता मानब जीवनमा अपरिहार्य रहने धारणा प्रश्तुत गर्नु भएको थियो भने स्वागत मन्तब्य बिराट पोखर महिला समूहकी अध्यक्ष कृष्ण कुमारी प्रसाईले गर्नु भएको थियो। कार्यक्रमको संचालन बिशाल कृषि सहकारीका सचिव पृथ्वी बस्नेतले गरेका थिए भने नगर प्रमुख प्रसाईले दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको र अध्यक्षता बिशाल कृषि  सहकारीका अध्यक्ष देबेन्द्र गौतमको रहेको बिराटपोखर महिला समूहकी सदस्य राधिका संग्रौलाले जानकारी दिनुभयो ।



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते