बिष्णु भगवतीले मनायो बिबिध कार्यक्रम सहित छैठौं बार्षिक उत्सव

 



सुरेश आले "सर्जु"
१४ फागुन झापा,बिर्तामोड


बिष्णु भगवती अंग्रेजी बिद्यालयको ६ बर्षको प्रगति बिवरण सन्तोषजनक छ । प्रबिधि मैत्री समय सुहाउँदो शैक्षिक प्रगतिको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न नगरपालिका तयार छ। अतिरिक्त कृयाकलाप,खेलकुद,यातायात,भौतिक संरचना समय सुहाउदो र प्रगति उन्मुख रहेको बिर्तामोड नगरपालिका नगर शिक्षा शाखा अधिकृत केशर खवासले धारणा राख्नु भयो।

 अंग्रेजी बिद्यालय बिष्णु भगवती बिर्तामोड-१० बिराटपोखरको छैठौं बार्षिक उत्सवको अवसरमा उहाँले सो धारणा राख्नु भएको हो। बिद्यालयका संस्थापक प्रिन्सिपल पूण्य प्रसाद उप्रेतीको सभापतित्वमा फागुन १३ गते शनिबार सम्पन्न छैठौं बार्षिक उत्सवका प्रमुख अतिथि खवासले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरु माझ भएको भित्र बाहिर,चकलेट रेस,१०० मी.दौड,२०० मी.दौड बेलुन ब्लाष्ट,स्पन मार्वल रेस, म्यूजिकल चेयर,हट पटेटो खेलका बिजयी तीन-तीन जना बिद्यार्थी लगायत साथै कक्षागत रुपमा प्रथम,दितिय र तृत्तिय हुने नर्सरी देखि कक्षा आठ सम्मका बिद्यार्थीहरुलाई पुरस्कृत गरिएकाे शिक्षक अमित शाहले जानकारी दिनु भयो। स्कूल प्रथम राजेश्वरी अर्याल,अनुशासित बिद्यार्थी १ जना र यस विद्यालयबाट सहभागी भएर पालिका स्तरिय गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कक्षा ७ मा अध्यनरत यसै बिद्यालयका छात्रा सदिक्षा अधिकारीलाई समेत सम्मान गरिएको र लामो अवधि स्थापनाकाल देखिनै बिद्यालयमा कार्यरत शिक्षिका कला भट्टराईलाई समेत सम्मान गरिएको उहाँले बताउनु भयो।

बार्षिक उत्सवको अवसरमा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले नृत्य,फेशन शो,कराते डेमो,गायन कला,बाल श्रम शोषण बिरुद्ध नाटक " म पनि आमा हुँ " पर्दशन गरेका थिए।

संस्थापक प्रिन्सिपल उप्रेतीले बिद्यालयले  बिद्यार्थीहरुलाई शैक्षिक साथै अतिरिक्त  कृयाकलापमा यस बिद्यालयका बिधार्थीलाई अब्बल बनाउन कुनै पनि अतिरिक्त शुल्क नलिई ई सि ए प्रशिक्षकको ब्यबस्था गरेको, मोबाईल गेम खेलेर पढाईमा ध्यान नदिने बिर्घाथी हरुलाई कारबाही गरेको साथै आवश्यक भौतिक सामाग्री थप गर्दै लैजाने प्रतिबदत्ता ब्यक्त गर्नु भयो ।

बिद्यालय ब्या.समिति अध्यक्ष बिष्णु दाहालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल,बिराट एफ एम बिर्तामोड प्रबन्ध निर्देशक तथा संचारकर्मी लिला अनमोल लगायतले शुभकामना मन्तव्य राख्नु भएको हो। साथमा अतिथि शुभचिन्तकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रमको संचालन संतोष बेघा र शैलसा उपेतीद्धयले गरेका थिए।


बिर्तामोड-१० बिराटपोखर क्षेत्रमा स्थापित यस बिद्यालयमा २७ कर्मचारी र ३८० जना बिद्यार्थी सहित कक्षा ८ सम्मको पढाई हुने जानकारी गराईएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते