विश्व हिन्दु महासंघ कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई




३० बैशाख,बिर्तामोड

 विश्व हिन्दु महासंघ कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई सर्बसम्मत चयन भएका छन् । कोशी प्रदेश चौध जिल्ला भेलाको अधिबेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् भने सोही अधिबेशनले सत्र सदस्यीय कोशी प्रदेश  कार्यसमिति समेत चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा माधव प्रसाद भट्टराई (इलाम),महिला उपाध्यक्ष रिता खनाल (ताप्लेजुङ्ग),सचिव राजकुमार खड्का(पाँचथर), सहसचिव भक्ति प्रसाद तिवारी"बिदुर"(झापा) र यश कुमार चापागाई(धनकुटा), कोषाध्यक्षमा इन्द्र नारायण प्रसाई (झापा), सह कोषाध्यक्षमा तुलसा पौडेल(झापा) र सदस्यहरुमा खड्ग बहादुर घिमिरे,राधा खड्का र राजकुमार घिमिरे( संखुवासभा),मदन अधिकारी ,गोमा सिटौला,सरिता ओली,संतोष ओली(झापा), जीवा तिमाल तामाङ्ग(पाँचथर),बिष्णु प्रसाद चालिसे(मोरङ्ग) सर्वसम्मत चयन भएको अधिबेशन निर्वाचन मण्डलीका सदस्य अधिबक्ता राम प्रसाद घिमिरेले जानकारी दिए। समिति चयनको लागि विश्व हिन्दु महासंघ केन्द्रिय महासचिव रामचन्द्र तिवारीको संयोजक र के. सदस्य तथा अधिवक्ता राम प्रसाद घिमिरे र के. सदस्य कुमार ओझा सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन मण्डली गठन गरिएको हो। संयोजक तिवारीले आगामी तीन बर्ष कार्यकाल रहने गरि निर्बाचित समितिलाई सपथ ग्रहण गराएका हुन् भने सोही अधिबेशनबाट चार सदस्यीय कोशी प्रदेश सल्लाहाकार समिति समेत चयन गरिएको छ जसमा आर्चाय छन्दुराम भण्डारी, आर्चाय दामोदर न्यौपाने,पं नरेन्द्र भट्टराई र स्वामी कृष्णा नन्द सर्बसम्मत चयन भएका हुन्।

यस अघि विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी,बिभिन्न स्थानमा गुरुकुल विद्यालय स्थापनाकर्ता धर्मानुरागी किशोर गौतम,केन्द्रिय उपाध्यक्ष ऋषी केश जङ्ग शाह,किरात सनातन गुरु चन्द्र कुमार शेर्मा,कन्काई कोटीहोमका अध्यक्ष शेर बहादुर थापा,राष्ट्रिय हिन्दु एकता मञ्च अध्यक्ष इन्द्र प्रसाद ओली,सुनसरी जिल्ला अध्यक्ष आनन्द आर्चाय,संखुवासभा अध्यक्ष हिरा देबी श्रेष्ठ,झापा कोषाध्यक्ष कृष्ण उप्रेती, बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाई लगायतले अधिबेशन सफलताको शुभकामनाको मन्तब्य राखेका हुन्।

विश्व हिन्दु महासंघ झापा शाखा भवन बिर्तामोड-३ बिराटपोखरमा सम्पन्न अधिबेशनमा बिशिष्ट अतिथि केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमको संचालन झापा सचिव गणेश कार्कीको र स्वागत झापा उपाध्यक्ष डिल्ली राम उप्रेतीको रहेको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते