विश्व हिन्दु महासंघ कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई
३० बैशाख,बिर्तामोड
यस अघि विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारी,बिभिन्न स्थानमा गुरुकुल विद्यालय स्थापनाकर्ता धर्मानुरागी किशोर गौतम,केन्द्रिय उपाध्यक्ष ऋषी केश जङ्ग शाह,किरात सनातन गुरु चन्द्र कुमार शेर्मा,कन्काई कोटीहोमका अध्यक्ष शेर बहादुर थापा,राष्ट्रिय हिन्दु एकता मञ्च अध्यक्ष इन्द्र प्रसाद ओली,सुनसरी जिल्ला अध्यक्ष आनन्द आर्चाय,संखुवासभा अध्यक्ष हिरा देबी श्रेष्ठ,झापा कोषाध्यक्ष कृष्ण उप्रेती, बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाई लगायतले अधिबेशन सफलताको शुभकामनाको मन्तब्य राखेका हुन्।
विश्व हिन्दु महासंघ झापा शाखा भवन बिर्तामोड-३ बिराटपोखरमा सम्पन्न अधिबेशनमा बिशिष्ट अतिथि केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमको संचालन झापा सचिव गणेश कार्कीको र स्वागत झापा उपाध्यक्ष डिल्ली राम उप्रेतीको रहेको हो।

Comments
Post a Comment