तामाङ्ग र नेवारी सरकारी भाषा,बिर्तामोडमा दिप प्रज्वलन(तस्विर सहित)

 


२४ बैशाख,बिर्तामोड

तामाङ्ग र नेवारी भाषालाई बाग्मती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाएको खुशीयालीमा बिभिन्न संघ संस्थाले बिर्तामोडको  मुक्तिचोकमा दिप प्रज्वलन गरेका छन्। नेपाल तामाङ्ग घेदुङ्ग, नेवा: देय: दबू:, नेवा: पासा मून: पूच: ले दिप प्रज्वलन गरेको हो।

बागमती प्रदेशमा आजदेखि तामाङ्ग र नेपाल भाषा (नेवारी) लाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू गरिएको छ ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ्ग र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयब बोमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही अनुसार सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ्ग र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको हो । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 सोही अवसरमा बिर्तामोड मुक्ति चोकमा नेवाः देयः दबूः बिर्तामोड नगर अध्यक्ष रत्न कुमार श्रेष्ठको अध्यक्षता तथा नेपाल तामाङ्ग धेदुङ्ग संघिय सदस्य पदम बहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा भएको  दिप प्रज्वलन गरिएकोमा नेपाल त्यमाङ्ग धेदुङ्गका बिर्तामोड नगर अध्यक्ष बिजय तामाङ्ग, सचिव गणेश तामाङ्ग, कोषाध्यक्ष सदिक्षा तामाङ्ग, नेवाःपासा मुनः पुच बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठ, नेवाः देयः दबूः प्रदेश अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ,बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठ, नेवाः देयः दबू पूर्व केन्द्रिय उपाध्यक्ष कृष्ण उदास, प्रदेश सचिबालय सदस्य ओम प्रकाश श्रेष्ठ, नेपाल आदिबासी जनजाति समन्वय परिषद बिर्तामोड बरिष्ठ उपाध्यक्ष दिपेन्द्र चौधरी लगायतको उपस्थिती रहेको हो ।

उपस्थित प्रमुख अतिथिले बाग्मती प्रदेशले नेवारी र तामाङ्ग भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएकोमा बाग्मती प्रदेश सरकारलाई धन्यबाद ज्ञापन गर्दै देशै भर अब  यसले मान्यता पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दिप प्रज्वलन गर्नुअघि नेवारी समुदायको लाखे नाँच,बाजा गाजा सहित र तामाङ्ग समूदायको डम्फू नाँच नेपाल तामाङ्ग घेदुङ्ग,नेवा देय दबू र नेवा पासा मून पूचको ब्यानर सहित उपस्थित जनसमुदायले बिर्तामोड मूक्तिचोक आसपास नगर परिक्रमा पश्चात मुक्ति चोकमा कोणसभामा परिणत भएको र दिप प्रज्वलन गरिएको कार्यक्रमको स्वागत नेवा देय दबु केन्द्रिय सदस्य भरत श्रेष्ठ र संचालन नेपाल आदिबासी जनजाति महासंघ सचिव लक्ष्मण ज्वेल्स श्रेष्ठको रहेको हो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते