बुद्ध जयन्तीको अवसर पारेर उत्कृष्ट प्रशिक्षार्थी र प्रशिक्षक सम्मानित
१० जेठ,बिर्तामोड
२५६८औं बुद्ध जयन्तीको अवसर पारेर नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कमिटिले डम्फू बाजाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सम्मान गरेको छ। सोही कार्यक्रममा डम्फु बाजाका प्रशिक्षक राज कुमार तामाङ्ग समेतलाई सम्मान जनाईएको हो। नेपाल तामाङ्ग घेदुङ्ग बितामोड नगर कमिटिले गत जेठ चार गते देखि दश गते सम्म नगरका नौवटा वडाका चौबिस जना प्रशिक्षार्थीहरुलाई बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सात दिने डम्फू बाजा प्रशिक्षण गराएकोमा सो कार्यक्रमको समेत आज समापन गरिएको हो।
प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट प्रशिक्षार्थी समिक्षा तामाङ्ग बिर्तामोड-३,शर्मिला तामाङ्ग लोपचन,सूर्यमान पाख्रिन, धन बहादुर वाईबा बिर्तामोड-४ फूलमाया मोक्तान निशा मोक्तान बिर्तामोड-५,गणेश घिसिङ्ग,लक्ष्मी प्रसाद मोक्तान राजकुमार बल तामाङ्ग बिर्तामोड-९ र राम बहादुर योञ्जन बिर्तामोड-१० सहित प्रशिक्षक राज कुमार तामाङ्गलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड-४ का वडा अध्यक्ष राहुल कुमार शर्माले सम्मान पत्र प्रदान गरि सम्मान जनाईएको हो।
नमो बौद्ध गुम्बा बिर्तामोड-४ का अध्यक्ष हस्त बहादुर तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही गुम्बा परिसरमा सो भन्दा अघि भगवान बुद्धको २५६८ औं जन्म जयन्तीको अवसर पारेर सहभागीहरुले शांती पथ रयाली सहित गुम्बामा पूजा आजा,एकसय आठ दिप प्रज्वलन प्रसाद फलफूल बितरण गरिएको कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड नगर अध्यक्ष बिजय तामाङ्ग,नेपाल तामाङ्ग धेदुङ्ग संघिय सदस्य पदम बहादुर तामाङ्ग, गुम्बा प्रमुख लामा राम सिंह घिसिङ्ग, नमो बौद्ध गुम्बा सल्लाहाकार शुक्र बल, गोबिन्द तामाङ्ग, संस्थापक उपाध्यक्ष पासाङ्ग योञ्जन, नेपाल तामाङ्ग धेदुङ्ग झापा जिल्ला समन्वय समिति उपाध्यक्ष फूल माया तामाङ्ग, नमो बौद्ध गुम्बामा लाकु दाता भिम बहादुर तामाङ्ग, अर्जुन तामाङ्ग लगायतको उपस्थिती रहेको हो।
नमो बौद्ध गुम्बा बिर्तामोड-४ मा प्रमुख अतिथि शर्माले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा बिभिन्न बक्ताहरुले बुद्ध जयन्तीको शुभकामना व्यक्त गरिएको कार्यक्रमको स्वागत गुम्बा उपाध्यक्ष हेमकला भण्डारी योञ्जन र संचालन महासचिव गणेश तामाङ्गको रहेको हो भने कार्यक्रममा बिर्तामोड नगरपालिकामा प्रथम पटक डम्फू बाजा समूह समेत दर्ता गराईएको जनाईएको हो।
Comments
Post a Comment