निन्दा खोलामा डुबेर शिक्षकको मृत्यु
१६ जेठ झापा । गर्मी बढेसँगै खोलामा पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ ।
नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरूका साथ दोकान डाँडाचोक पश्चिम निन्दा खोला मा पौडी खेल्न गएका हुन्। । . पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए । पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको र छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पसी छोरालाई जसोतसो धकेलेर किनारमा पुर्याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ ।
बुबा डुबेपछि छोराहरूले स्थानीय बासिन्दा लाई खबर गरेका गरेका र त्यस बेला सम्ममा उनी अचेल भएका र उद्धार गरेर स्थानीयले बिएण्डसी अस्पताल बिर्तामोड पुर्याए पनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले जानकारी दिए । अस्पताल पुर्याएको केही बेरमा नै चिकित्सकले शिक्षक भण्डारीलाई मृत घोषणा गरेका गरे उनले भने ।
अत्यधिक गर्मी छल्न, बिदाको दिन छोराहरूलाई पौडी खेलाउन र केही बेर घुमाउन घरबाट निस्किएका शिक्षक भण्डारीको मृत्यु भएपछि गाउँ नै शोकमा परेको स्थानीयले बताए ।
Comments
Post a Comment