नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापाको प्रशिक्षण सम्पन्न

  


जेठ २१, विर्तामोड ।  विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको आयोजनामा  ग्राण्ड प्यासिफिक होटल  बिर्तामोडमा एक दिबशीय कार्यशाला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

 आदिवासी जनजाति समुदायका ५५ जना बिधार्थीहरूको सहभागीता रहेको कार्यक्रम गत शनिवार सम्पन्न भएको हो । कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेकामा  उनले बहुभाषिक शिक्षा र आदिवासी ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसका लागि आदिवासी युवाहरूको भुमिका महत्वपुर्ण रहेको समेत बताए ।

कार्यशालामा सहभागीहरूले  बहुभाषिकता र आदिवासी ज्ञानका बारेमा आ-आफ्नो अनुभव साट्दै हाल यसको अवस्था,समस्या,निती,योजना र उपलब्धिका बारेमा बिभिन्न प्रस्तुतिहरू राखेका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापा अध्यक्ष भूमिका सुब्बाको अध्यक्षता र (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई, पुर्व अध्यक्ष गणेशमान मुखिया, इन्द्रजीत मुखिया, निवर्तमान अध्यक्ष बिशाल नेम्बाङ, नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय समिति अध्यक्ष पाण्डवलाल चौधरी लगायतको उपस्थिति रहेको हो भने समापनमा सहभागी मध्येका प्रेरणा राजबंशी र प्रकाश लाढुङ्ग यक्थुम्बाले प्रशिक्षणले आफुहरुको भाषा संस्कृति लगायतको विषयमा खुलेर प्रश्तुति राख्न सक्ने  अनुभूति दिलाएको अनुभव सुनाए ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला