बिर्तामोडको होटलमा भेटिए एक व्यक्ति मृत
२ असार,बिर्तामोड
बिर्तामोडको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी बर्ष ३८ को कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।
बैदेशिक रोजगारीको क्रममा मलेसियाबाट फर्केर उनी गत जेठ २८ गतेदेखि सो होटलमा बसेको जनाइएको हो।
बिर्तामोड इलाका प्रहरी कार्यलयका डिएसपी प्रकाश बिष्टका अनुसार होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आउनथालेपछि हिजो बेलुका ढोका फोडेर हेर्दा उनी झुन्डिएको अबस्थामा भेटिएका हुन्।
शेर्पा केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ भने । मृतकका आफन्त बोलाई शवको सनाखत गरी पोस्टमार्टममा पठाउने र परिवारको जिम्मा लगाउने तयारी भैरहेको डिएसपी विष्टले जानकारी गराएका छन् ।
Comments
Post a Comment