नाला जाम हुँदा बिर्तामोडको पच्चिस पसलमा क्षति

 


११ असार, बिर्तामोड

गए राती परेको भारी वर्षाले झापा बिर्तामोडमा दुई दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ ।

बिर्तामोड स्थित विशाल मार्केट र प्रसाईं मार्केटका दुई दर्जन भन्दा बढी  पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो । 

जम्मा गरेर बिशाल मार्केटका अठार र प्रसाईं मार्केटका आठवटा पसलमा पानी पसेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी गराए उनका अनुसार पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुलाई २० हजारदेखि डेढ लाखसम्म क्षति पुगेको भनाई छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा क्षति पुगेको खतिवडाले जानकारी दिए ।

पानीले क्षति पुगेपछि बिर्तामोड नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाइ छ भने ड्रेन (नाला) जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसे र क्षति भएको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको समेत बताए ।

अविरल वर्षापछि व्यवसायीहरुको व्यापारस्थलमा पानी जम्दा आज दिनभरको व्यापार पनि प्रभावित भएको वाणिज्य संघका सदस्य शत्रुघनप्रसाद गुप्ताले बताए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते