नाला जाम हुँदा बिर्तामोडको पच्चिस पसलमा क्षति

 


११ असार, बिर्तामोड

गए राती परेको भारी वर्षाले झापा बिर्तामोडमा दुई दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ ।

बिर्तामोड स्थित विशाल मार्केट र प्रसाईं मार्केटका दुई दर्जन भन्दा बढी  पसलमा पानी पसेपछि बिक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो । 

जम्मा गरेर बिशाल मार्केटका अठार र प्रसाईं मार्केटका आठवटा पसलमा पानी पसेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी गराए उनका अनुसार पसलमा पानी पसेपछि हरेक व्यवसायीहरुलाई २० हजारदेखि डेढ लाखसम्म क्षति पुगेको भनाई छ । कपडा, जुत्ता, धागो, कस्मेटिक पसलहरुमा क्षति पुगेको खतिवडाले जानकारी दिए ।

पानीले क्षति पुगेपछि बिर्तामोड नगरपालिकालाई जानकारी गराइएको खतिवडाको भनाइ छ भने ड्रेन (नाला) जाम भएकाले पानी निकास नहुँदा पसलहरुमा पानी पसे र क्षति भएको बताइएको छ । उनले सबै व्यवसायीहरुलाई क्षतिको विवरण जानकारी गराउन आग्रह गरेको समेत बताए ।

अविरल वर्षापछि व्यवसायीहरुको व्यापारस्थलमा पानी जम्दा आज दिनभरको व्यापार पनि प्रभावित भएको वाणिज्य संघका सदस्य शत्रुघनप्रसाद गुप्ताले बताए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन