झापा शिवसताक्षीमा एकै परिवारको तीनजना मृत फेला
झापा,जेठ ३२ । झापामा आज बिहान एकै परिवारका दुई नाबालकसहित तीनजना मृत फेला परेका छन् ।झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा उनीहरु मृत भेटिएका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा ,उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।
अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् भने आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने मृतकको श्रीमान सुजन बेस्रा भने वैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेको बताइएको छ ।
Comments
Post a Comment