झापा शिवसताक्षीमा एकै परिवारको तीनजना मृत फेला

 


झापा,जेठ ३२ ।  झापामा आज बिहान एकै परिवारका दुई नाबालकसहित तीनजना मृत फेला परेका छन् ।झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा उनीहरु मृत भेटिएका हुन्। सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा ,उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । 

अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् भने आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने मृतकको श्रीमान सुजन बेस्रा भने वैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेको बताइएको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया