झापामा चट्याङ्गको कारणले दुई जनाको मृत्यु

 


११ असार,झापा

झापामा चट्याङका कारण दुईजनाको मृत्यु भएको छ। आज बिहान चट्याङ्गले मृत्यु हुनेमा कमल गाउँपालिकाका ४६ वर्षे राजन खड्का र गौरीगन्ज गाउँपालिकाका ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएका हुन् ।

उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पतालमा उपचारको लागि पुरयाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 त्यस्तै गौरीगन्ज गाउँपालिका–३ मा  खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ रहेको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति