झापामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिबार्य !
सामाजिक सुरक्षा भत्ता लिन झापा लगायत २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए।
अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति समेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका तथा वडास्तरमा अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार विवरण दर्ता भइरहेको छ।
पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा,रौतहट, रुपन्देही, मोरङ, सर्लाही,कपिलवस्तु, सुनसरी,काठमाडौं,दाङ,उदयपुर,भक्तपुर, बाँके,सप्तरी,ललितपुर,बर्दिया,सिरहा, सिन्धुली,सुर्खेत,धनुषा,मकवानपुर,कैलाली, महोत्तरी,चितवन, कञ्चनपुर,बारा,कास्की, पर्सा र तनहुँ छन्।
मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाईएको हो। हाल झापा जिल्लामा राष्ट्रिय परिचय पत्र बिवरण संकलन तिब्र रुपमा भैरहेको झापाका प्रमूख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए।
Comments
Post a Comment