बर्षाले कल्भर्ट भत्किदा केचना-भद्रपुर सडक अवरुद्ध

  


२ असार,भद्रपुर

वर्षाले कल्भर्ट भत्किदा मेची राजमार्गको केचना–भद्रपुर सडकखण्ड अवरुद्ध भएको छ । हिजो राती परेको अबिरल वर्षाले भद्रपुर नगरपालिका–१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर लामो कल्भर्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

सडक अवरुद्ध भएकोले भद्रपुरबाट कचनकवल जाने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
अहिले साना तथा ठुला सवारीसाधनहरू बैकल्पिक मार्ग अपनाएर भद्रपुरको सगरमाथा चोक वा सोमबारे चोकबाट पश्चिम हुँदै कचनकवलतर्फ गइरहेको बताइएको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया