झापाकी एक्ली उत्कृष्ट कुशिका बस्नेतले ल्याईन ४ जिपिए
१३ असार,झापा
ओमप्रकाश राईका अनुसार नतिजा सम्बन्धि हालसम्म प्राप्त जानकारीमा बस्नेत झापाबाट ४ जिपीए प्राप्त गर्ने एकमात्र उतिर्ण परिक्षार्थी रहेको जनाईएको हो।
त्यस्तै बुद्धशान्ति -३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना बरालले यस पटकको एसईईमा ३.९१ जिपिए ल्याएर बुद्धशान्तिकै सबैभन्दा बढि जिपिए ल्याउने उर्तिण विद्यार्थी बनेको जनाईएको छ।
त्यस्तै झापा गाउँपालिका ४ स्थित श्री डिल्लीराज माध्यमिक विद्यालयबाट एसईई २०८० मा ३.९१ जिपिए ल्याएर झापा गाउँपालिका भरीबाट उत्कृष्ट सकिल अहमद हक बनेको जनाइएको छ।
२०८० को एसइइमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल भने शून्य आएको छ । महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जना परीक्षर्थीहरु एसइइमा सहभागी भएका हुन् ।
त्यसै गरि झापा चारपानेको मोहनमाया माध्यमिक विद्यालयले २०८० को एसइई परीक्षामा ३.२० माथिको जिपिएमा ९२ जना विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लाकै सबैभन्दा बढी विद्यार्थी उर्तिण गराउने सामुदायिक विद्यालय आफ्नो भएको दाबी विद्यालयका प्रधानाध्यापक शेर वहादुर श्रेष्ठले गर्नु भएको छ।
झापामा एसईई परीक्षाका सहभागी मध्ये ७४७ जनाले ३.६ माथि जिपीए प्राप्त गरेका छन् । झापाबाट एसईई परीक्षामा सहभागी मध्ये ४७.३८ प्रतिशतले मात्र कक्षा ११ मा अध्ययन गर्न पाउने भए भने करिब ५३ प्रतिशतले पुनः परीक्षा दिनुपर्ने भएको जनाईएको हो।
Comments
Post a Comment