अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बियालाई १–० ले पराजित गरेर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२ औ मिनेटमा अर्जेन्टिनाको तर्फबाट लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको हो ।
यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको हो।
अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।
Comments
Post a Comment