बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको कुबेतमा मृत्यू
१ श्रावण,झापा
झापा बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ । २६ वर्षीया तामाङ्गको कुवेतको मंगाफ क्षेत्रमा गत २८ असार बिहीबारको दिन बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिए पछि मृत्यू भएको जनाईएको हो ।
माईत घर संखुवासभा रहेको उनी अल–जाजिरा कम्पनीमा कार्यरत रहेको र चार महिनाअघि कुवेत गएकी थिइन् भने उनको एक छोरी र श्रीमान् रोशन तामाङ्ग रहेकोमा श्रीमान समेत बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको छिमेकी मिना लिम्बु राईले जानकारी दिइन्।
घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भैसकेको र उनको शवलाई नेपाल ल्याउने प्रयास भैरहेको श्रोतको भनाई रहेको छ ।
Comments
Post a Comment