बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको कुबेतमा मृत्यू

 




१ श्रावण,झापा

झापा  बिर्तामोड-९ कोलाटोलीकी  जलिना  तामाङ्गको बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ ।  २६ वर्षीया  तामाङ्गको कुवेतको मंगाफ क्षेत्रमा गत २८ असार बिहीबारको दिन बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिए पछि मृत्यू भएको  जनाईएको हो ।

माईत घर संखुवासभा रहेको उनी अल–जाजिरा कम्पनीमा कार्यरत रहेको र चार महिनाअघि कुवेत गएकी थिइन् भने उनको एक छोरी र श्रीमान् रोशन तामाङ्ग रहेकोमा श्रीमान समेत बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको छिमेकी मिना लिम्बु राईले जानकारी दिइन्

घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भैसकेको र उनको शवलाई नेपाल ल्याउने प्रयास भैरहेको श्रोतको भनाई रहेको छ  ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन