झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ
६ श्रावण,झापा
झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार जना पक्राउ परेका छन् ।
कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटर चोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईप्रका सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको प्रहरीले जनाएको हो ।
रातीको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय नितेश बुडाथोकी,बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्ग मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका-४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए ।
चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड अनारमनीमा पठाइसकिएको प्रहरीले जनाएको हो ।
चोरी भएको उक्त समिल कनकाई नगरपालिका ६ बस्ने लक्ष्मण कार्कीले रेखदेख गर्दै आइरहेको बताइएको छ
Comments
Post a Comment