डि कौडिन्य पुरस्कारबाट पत्रकारद्धय लामा र रेग्मी पुरस्कृत


 

७ श्रावण,झापा
डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको छ ।

देवकुमार आचार्य (डि कौडिन्य) नपक्षीय पत्रकारको  स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता,प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो ।

गत ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले दुइजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेसँगै पत्रकारद्धय रेग्मी र लामा पुरस्कृत हुनु भएको हो। बिर्तामोडको सिटि सेन्टरमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्वले नगद बयालिस हजारका साथै सम्मान पत्र प्राप्त गरेका हुन्।

कार्यक्रमका अध्यक्ष राजु पाठक कार्यर्यक्रमका प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यकोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो (मौसम) तथा डी. कौडिण्यकी धर्मपत्नी यमुना आचार्यले पुरस्कार राशी तथा सम्मान पत्र प्रदान गरेका थिए ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति