नेवाः देय दबू बिर्तामोडको क्षमता अभिवृद्धि तालिम उद्घाटन

 



७ श्रावण,झापा
नेवाः देय दबू बिर्तामोड नगर समितिको आयोजनमा  बिर्तामोड क्षेत्रमा रहेका अफ्ना सदस्यहरूको क्षमता अभिबृद्धि तथा अभिमुखकरणको निम्ती  साउन  ७ गते देखि १७ गते सम्म हुने एघार दिने उदघोषण तथा क्षमता अभिवृद्धि र लाखे,ठयाकठुके सहित धिमे बाजा प्रशिक्षण कार्यक्रमको आज बिधिवत रूपमा उदघाटन भएको छ।

   बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष    को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा अग्रज अतिथिहरुबाट शुभकामना मन्तव्य समेत राखिएको थियो।

    नेवाः देय दबू बिर्तामोड नगर            समिति सचिव जीवन कुमार श्रेष्ठले प्रशिक्षण दिनुहुने कार्यक्रममा नगरमा रहेका समितिबाट मुख्य पाँच र अन्य सदस्यहरूलाई पाँच दिन सम्म प्रशिक्षण  दिईने र  अन्य प्रशिक्षकहरूले लाखे ,ठाकठुके,धिमे बाजाको प्रशिक्षण दिइने कार्यक्रममा जानकारी गराईएको हो ।

। उक्त औपचारिक कार्यक्रमको सन्चालन  नेवाःदेय दबू नगर समिति सचिव दिलीप प्रधानले गर्नु भएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन