नेवाः देय दबू बिर्तामोडको क्षमता अभिवृद्धि तालिम उद्घाटन
बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा अग्रज अतिथिहरुबाट शुभकामना मन्तव्य समेत राखिएको थियो।
नेवाः देय दबू बिर्तामोड नगर समिति सचिव जीवन कुमार श्रेष्ठले प्रशिक्षण दिनुहुने कार्यक्रममा नगरमा रहेका समितिबाट मुख्य पाँच र अन्य सदस्यहरूलाई पाँच दिन सम्म प्रशिक्षण दिईने र अन्य प्रशिक्षकहरूले लाखे ,ठाकठुके,धिमे बाजाको प्रशिक्षण दिइने कार्यक्रममा जानकारी गराईएको हो ।
। उक्त औपचारिक कार्यक्रमको सन्चालन नेवाःदेय दबू नगर समिति सचिव दिलीप प्रधानले गर्नु भएको हो।
Comments
Post a Comment