डि कौडिन्य पत्रकारिता पुरस्कार रेम्मी र लामालाई प्रदान गरिने

 


१ श्रावण,झापा
डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा सम्मानित हुनुहुने  भएको छ ।

देवकुमार आचार्य (डि कौडिन्य) नपक्षीय पत्रकारको  स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता , प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामालाई संयुक्त रूपमा सम्मानित  गर्ने निर्णय गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।

 ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बृद्धि गरेको अध्यक्ष  पाठकले बताए ।स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डि कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्षयता २१ हजार रुपैयाँ रहेकोमा  यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य भएको  र पुरस्कार डि कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने समेत उनले बताए ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन