सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने


 २७ असार,काठमाण्डौं

सरकारले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 

आजको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रबक्ता तथा मन्त्री रेखा शर्माले उक्त कुरा बताउनु भएको हो।

यस अघि मन्त्रिपरिषद् बैठकले नै जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा झापा लगायत २८ जिल्लामा आगामी श्रावण एक गते देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको हो। 


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति