पानीपुरीमा भेटियो घातक क्यान्सरका तत्व


 २० असार,एजेन्सी

तपाई पानीपुरी खानु हुन्छ ? पक्कै खानु हुन्छ होला। तर तपाईंलाई यो खबर थाहा पाउँदा दुख लाग्न सक्छ। पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटिएको छ। भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन  भेटिएको जचाईएको हो।

जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ। खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन्। खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने बताएका छन्।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटिएको जनाएको छ । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन्।

यी पदार्थको अत्यधिक सेवनले पेट दुख्ने, मुटुको रोग लाग्ने र प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता गम्भीर रोग लाग्ने समेत स्वास्थ्य विज्ञहरूले चेतावनी  दिएका छन् ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन