Posts

Showing posts from August, 2024

दिल खोलेर नाँचे,दर खाँदै बिर्तामोडका महिला

Image
  १५ भदौ,बिर्तामोड महिला संघ बिर्तामोड-९ ले आयोजना गरेको तीज विशेष कार्यक्रममा महिला दिदि बहिनीहरु दिल खोलेर नाँचेका छन्। आज महिला संघ बिर्तामोड-९ को आयोजनामा उद्रकान्त स्मृति प्रतिष्ठान बितामोड-९ को हाताभित्र तीज विशेष कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा दर खाने कार्यक्रमसँगै अन्य  रोचक प्रतियोगितात्मक बिबिध कार्यक्रम समेत संचालन गरिएको आयोजक बिर्तामोड-९ महिला संघले जानकारी गराएको हो। महिला संघ बिर्तामोड-९ सभापति कौशिला सिटौलाको समापतित्व तथा नेका प्रदेश १ सदस्य रञ्जिता कार्कीको प्रमुख आतिथ्यता तथा बिशिष्ट अतिथिहरु महासमिति सदस्य सिता पौड्याल,भूमा घिमिरे, प्रदेश सदस्य खड्ग बस्नेत जिल्ला सदस्य जल कुमार गुरुङ्ग, पार्बता गिरी, तारा कार्की, नारायण प्रसाद पौड्याल, उद्रकान्त स्मृति प्रतिष्ठानका जग्गा दाता धनलाल राजबंशी,कुल्की राजबंशी,अध्यक्ष खगेन्द्र मैनाली, उपसचिव निरुपा राजबशी लगायतको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु जलकुमार गुरुङ्ग,खगेन्द्र मैनाली लगायतले तीज नेपाली हिन्दु महिला हरुको महान पर्ब भएकोले महिला संघ बिर्तामोड-९ ले यसक...

बिराटपोखरी विश्व हिन्दु महासंघको मन्दिरबाट नगद चोरी

Image
  चोरी भएको दानपेटिका देखाउँदै अध्यक्ष संग्रौला १४ भदौ,झापा केहिदिन देखि मठ मन्दिर शिवालयका दानपेटिका चोरी गरि नगद लैजाने घटनामा बृद्धि भैरहेको छ। चोरले आफ्नो निशानामा यस्ता धार्मिक स्थलहरुलाई अहिले प्राथमिकतामा राख्ने गरेको पाईन्छ। जत्ति नै सजग हुँदा पनि चोरको  नेत्र चोरी तर्फ नै हुने गर्दछ अतः उनीहरु घरका सामाग्री नगदका साथै सार्बजानिक मठ मन्दिरका दान पेटिका वा अन्य भौतिक सामाग्री चोरी गर्न तर्फ हाल उन्मूख भै रहेको पाईन्छ । नगद चोरी भएको दान पेटिका गत बर्ष बिर्तामोड-३ स्थित दुर्गा मन्दिरको दानपेटिकाबाट नगद चोरी भयो। सोही बर्ष बिर्तामोड-३ कै सतानु सिंह  राजबंशी स्मृति प्रतिष्ठानका भौतिक सामाग्री चोरी भयो । केही महिना अगाडी बिर्तामोड-१० शिवालय चोकको शिवालयबाट दुई पटक पटक पटक गरेर भौतिक सामाग्री लगायत नगद चोरी भएको घटना छ। बिराटपोखरीकै अदैत्त संस्थाको भवनबाट यसै बर्ष गुरुपूर्णिमाको दिन नगद चोरी भएको छ। यि यस्ता घटनाले हाल चोरी कार्यमा संलग्न ब्यात्तिहरु मठ मन्दिर शिवालयका दान पेटिका चोरी गर्न तर्फ आकर्षित भैरहेको पुष्टि गर्दछ। यि बाहेक अन्यत्रका मठ मन्दिरमा ...

फोनिज झापाले बिर्तामोडमा मनायो स्थापनाको रजत बर्ष

Image
  ९ भदौ,बिर्तामोड नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस अर्थात रजत बर्ष मनाएको छ । बिर्तामोडमा आइतवार  झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँज बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न पत्रकारका संगठनका प्रमुखहरुले ब्यवहारिक समवेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको हो ।  कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले प्रस्तुत गरेको संगठनको कार्यपत्रको टिप्पणी नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, पत्रकार सुव्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प ...

बिष्णु माझीको गीतसंगै तीजमा उमंग आयो

Image
    ९ भदौ, झापा चर्चित  गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीत सँगै फेरि एक पटक तीज मनाउने चेलीबेटीमा खुशीयाली छाएको हो। हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी हुन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् । गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीको रहेको छ ।  गत बर्ष भन्दा अघिल्लो बर्ष उनले गाएको तीजको चर्चित गीत चरि जेलैमाले माझीलाई चर्चित बनाएको हो भने अहिले सार्बजानिक भएको यो गीत पनि ट्रेन्डिङ्गमा पर्न सफल हुने देखिन्छ ।

झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ

Image
८ भदौ,झापा झपाको अर्जुनधारामा एक  १६ बर्षकी  युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा-७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो ।  पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए । उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए । उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको हो ।

हरितालिका तीज मनाउने तयारी गर्दै शिवालय चोक बिर्तामोड-१०

Image
  ८ भदौ,झापा आगामी भदौ २१ गते पर्ने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोड-१० शिवालय मन्दिर शिवालय चौकमा तीज विशेष कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । बिबिध कार्यक्रमहरुको आयोजना गरि हरितालिका तीज पर्व मनाउन लागिएको आयोजक शिवालय मन्दिर संरक्षण समिति बितीमोड-१० शिवालय चोकले जानकारी गराएको हो। उक्त स्थानमा रहेको शिवालय मन्दिरमा त्यस दिन कार्यक्रम आयोजना गरिने समितिले जानकारी गराएको छ। उक्त कार्यक्रम सफल बनाउन स्थानिय गायत्रा न्यौपानेको संयोजकत्वमा एकचालिस सदस्य रहेको तीज विशेष कार्यक्रम आयोजक समिति  यही भदौ पाँच गते बसेको शिवालय मन्दिर संरक्षण समितिको बैठकले गठन गरिएको  शिवालय मन्दिर संरक्षण समितिका सचिव खुवराज भट्टराईले जानकारी दिए। जसमा कोषाधक्षमा गोमा श्रेष्ठ,सचिवमा चन्दा पौडेल,सहसचिवमा निर्मला न्यौपाने र अन्य सदस्य रहेको जनाईएको छ। वडा कार्यालयका सम्पुर्ण पदाधिकारीहरू स्थानीय समाजसेवी बुद्धिजीवीहरु सुरक्षाकर्मीहरु महिला दिदि बहिनीहरु उपस्थित रहने ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती स्थानिय कलाकारहरु,वाल क्लबका...

बिर्तामोडका ब्यबसायी प्रसाई अर्केको घरमा मृत फेला

Image
  ७ भदौ,बिर्तामोड झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका नाताले दाजु पर्ने महेन्द्र प्रसाईँ मृत भेटिएका छन् ।  झापा बिर्तामोड-१ स्थित सिने प्लाजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा उनी मृत भेटिएका हुन्। उनले  आत्महत्या गरेको प्रहरीले जनाएको हो । अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ । प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए सुरुमा जमिनको कारोबार गरेका प्रसाई हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा ...

हटाईयो टिकटक माथिको प्रतिबन्ध

Image
  ६ भदौ,काठमाण्डौं सूचना तथा सञ्चार  मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाएको  छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे संगै आजबाट सो प्रतिबन्ध हटेको हो।  मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालय स्रोतले जानकारी दिएको थियो। आज क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्ने भएको छ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र समेत लेखेको छ। लगत्तै, आजैबाट टिकटक चल्ने सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो। गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो। सरकारको निर्णय पुनर्विचारका गर्न चिनियाँ पक्षले सरकारलाई आग्रह गरेको थियो। यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी...

बिर्तामोडमा घर घरमै पुगेर अशक्तलाई ह्विवल चियर बितरण

Image
६ भदौ,झापा योगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका  कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज  यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर  घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो ।  उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल  निबासी जन्मजात असक्त सत्र बर्षका मनिसा मगर,कंचनवारी टोलका असक्त जेष्ठय सदस्य एक सय दुई बर्षका पुर्ण बहादुर श्रेष्ठ,बद्रीबाडी टोलका एक्काईस बर्षका जन्मजात असक्त बिमन तामाङ्ग,टागावारी टोलका बारह बर्षका जन्मजात असक्त प्रकृति खड्का सहित गरामनी बजारका दश बर्षका जन्मजात असक्त दिक्छित पाठक...

धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल मेरो अभियान:काली बाबा

Image
 ४ भदौ,काठमाण्डौं गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ साथै धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल आफ्नो अभियान भएको समेत बताउनु भएको हो।  मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो र भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको समेत बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो । नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो । उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको समेत बताउनु भयो

गायन रियालिटी शो 'द भ्वाइस किड्स को ' ग्राण्ड फिनाले आज हुने

Image
भदौ १,काठमाण्डौं चौध बर्ष मूनिका बाल बालिकाहरुको  गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन-३ को ग्राण्ड फिनाले आज हुने भएको छ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्ने जनाईएको हो। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा,  कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा शो लाइभ हुनेछ।  यो शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन्। यसपटक झण्डै १७ हजार बालप्रतिभा शोको डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै फिनाले हुन लागेको हो।

दुधकोशी नदीमा भिषण बाढी,थामे गाँउमा ठ्लो क्षति

Image
  ३२ साउन, काठमाण्डाैं दुधकोशी नदीमा शुक्रबार आएको भिषण बाढीले थामे गाँउमा ठूलो क्षति पुगेको जनाईएको छ।   दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको हो । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको जनाईएको हो। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङका अनुसार खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरिएको छ। दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपिल  गरिएको छ भने  थामेगाउँमा गएकाे हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समय जाँदा दुधकोशी नदीमा भीषण हिमपहिरो बाढी आएको हो । हिमपहिरो गएको  खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गर्नुका साथै   सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जनाएको हो ।   

यस्तो छ लाखे अनि लाखेनाँचको बास्तबिकता

Image
  - यज्ञराज श्रेष्ठ १ भदौ,बिर्तामोड लाखे,के हो त यस्ले के गर्छ,के खान्छ, कहिले नाचिन्छ र कसरी नाचिन्छ भन्ने कथा र किम्बदन्ती फरक फरक भए पनि नेवारहरूको आस्था र विश्वासको नाँचले नेपाल र नेपालीलाई  चिनाउने प्रमुख सांस्कृतिक नाँच हो। एक किम्बदन्तीअनुसार लाखे एक प्रेममा पागल भएको प्रेमी हो । उ एक राक्षस कुलमा जन्मिएको युवा थियो। एक दिन लाखेले मानव रूप धारण गरेर कठमान्डौ घुम्न आएछ। घुम्दै जादा एक ज्यापू किसानको घरमा पुगेछ। ज्यापूको एक छोरी थिइन बालामैचा,नाम जस्तै राम्री वालामैचालाई देखेर लाखेले प्रेम गर्न थालेछ। यसरी दिनदिनै मानव रूपमा आउने लाखे र बालामैचाको प्रेम भयो र बालामैचाले पनि लाखेलाई प्रेम गर्न थालिन्।  समय बित्दै गयो एकदिन लाखेले बालामैचालाई आफु मानव नभै राक्षस भयको कुरा बतायो । यो कुरा बालामैचाले स्वीकार गरे पनि बुबा, आमा ,समाज र राजाले स्वीकार गर्न मानेनन्। यसरी नमानेपछि बालामैचाको प्रेममा लठ्ठ भएको लाखे बालामैचा बिना बाँच्न नसक्ने बरु मानवहरूमा आईपर्ने हरेक वाधाअढचन हरूमा साथ दिने भनि बाचा गरी रोइकराई गर्न थाले। यसरी राम्रो बाचा गरे पछि सबैले स्वीकार गरी तामझामको ...

अप्टिकल फाईबर काटिएर अवरुद्ध एनसेलको सेवा पुनःसंचालन

Image
  २८ साउन,काठमाण्डौं   मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको संचालनमा आएको छ । पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा आंशिक रूपमा अवरुद्ध भएको हो । सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालनमा आएको जनाईएको छ । सो समयमा एनसेल नम्बरबाट अर्को एनसेल नम्बरमा फोन सम्पर्क हुन सकिरहेको थिएन । तर एनसेलबाट नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा भने सम्पर्क भइरहेको थियो । नेटवर्कको समस्या मधेस प्रदेश बाहेक देशव्यापी रूपमा देखिएको हो । पोखरामा रहेको एनसेलको डेटा सेन्टरलाई जोड्ने अप्टिकल फाइबर काटिएपछि देशव्यापी रूपमा कम्पनीको सेवा प्रभावित भएको जनाईएको हो।

बिर्तामोडमा बिषालु सर्पले डसेर महिलाको मृत्यू

Image
 २७ साउन,बिर्तामोड विषालु सर्पले डस्दा बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–७ गरामनी मिलडाँडा बस्ने स्व. छविरमण पौडेलकी श्रीमती ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर आज मृत्यु भएको हो ।  बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९.२५ बजे थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा पौडेलको बाटैमा मृत्यु भएको  आफन्तले जानकारी गराएका छन्।  

रूपनारायण-पबित्रा प्रसाई स्मृति प्रतिष्ठानबाट अक्षयकोष राहत बितरण

Image
     २६ साउन,झापा झापाको बिर्तामोड-९ गरामनीका  प्रसाईं परिवारले दिवंगत माता पिताको नाममा चार वर्ष अगाडी स्थापना गरेको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले अक्षयकोष निर्माण गरि आज चाैथाे स्मृति सभा स्वरूप बिशेष कार्यक्रमकाे आयाेजना गरेको छ।  कार्यक्रममा बिबिध कार्यक्रमहरु सहित प्रसाईं ट्रष्ट,कल्याणकारी काेष झापालाई एक लाख एक सय आर्थिक सहयोग साथै एघार  हजार सदस्यता शुल्क समेत हस्तान्तरण गरेकाे हो । अमेरिकामा बसोबास गर्दै रहेका प्रतिष्ठान स्थापना कर्ता छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरि रूपनारायण–पवित्रा प्रसाईं स्मृति  प्रतिष्ठानको आज चाैथाे बार्षिक कार्यक्रम सम्पन्न गरेको हो। यसै वर्षबाट  अक्षय कोषमा रू.पाँच लाख रकम थप गरी जम्मा अक्षयकोष रकम रू.दश लाख पाँच हज़ार बनाईएको समेत जनाईएको छ  । प्रतिष्ठानकाे  कार्यक्रममा आफ्ना सासू ससुरालाई आफ्नै बुवा आमा सम्झी   दायित्व पूरा गर्दै आउनु भएकी बिर्तामोड-९ निवासी मीना आचार्यलाई नगद रू. पाँच हजारले सम्मान ,सोही वडाका ...

मेची आँखा अस्पताल अगाडीबाट मोटरसाईकल चोर रङ्गेहात पकाउ

Image
२५ साउन,बिर्तामोड हिजो बिहीबार बिर्तामोड-३ मेची आँखा अस्पतालको अगाडि पार्किङ गरि राखेको मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ परेका छन् । प्रदेश १-०१-०१४ प २२० न. को मोटरसाईकल चोरी  गर्दै गर्दा  पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई  बिर्ताबजार प्रहरी चाैकिका इन्चार्ज प्रसनि  पदम बिष्टको टिमले रङ्गेहात पक्राउ गरि कार्बाहिका लागी ई,प्र,का अनारमनिमा बुझाएको बिर्ताबजार प्रहरी चौकी ब्यबस्थापनका अध्यक्ष बिरन कोइरालाले जानकारी गराएका छन्।। झापा जिल्लामा मोटरसाईकल चोरीका घटना दिनदिनै बढ्दो छ।

बिर्तामोडमा मनाईयो आदिबासी जनजाति दिवश (फोटो फिचर)

Image
  २५ साउन,झापा बिर्तामोडमा  शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले बिर्तामोडको मुक्तिचोकमा भेला हुनका साथै सॉझ दिप प्रज्वलन समेत गरेका हुन्। ३० औं आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको बिर्तामोडमा नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको संयोजनमा दिप प्रज्वलन गरिएको हो। नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राज कुमार राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा  नगर सल्लाहकार  रिमान ध्वज लोक्तामले आदिवासी जनजातिको भाषा, सँस्कृति संरक्षणको आवश्यकतामा जोड दिनुभयो । आदिवासी जनजाति अगुवाहरुले सोही कार्यक्रममा नेपालका शासकहरु नसच्चिए बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बेगमको जस्तो हालत हुने चेतावनी समेत दिएका छन् ।  उनीहरुले गैर आदिवासीहरुकै कारण नेपाल भ्रष्ट र गरिव राष्ट्र बनेको दावी गर्दै देश जोगाउन अब आदिवासी जनजातिहरुलाई सत्ता सुम्पिनु पर्नेमा जोड दिए । ‘जबसम्म आदिवासी जनजातिहरुको हातमा शासन सत्ता जाँदैन, तबसम्म देशमा भ्रष्टाचार र अस्थिरता बढिरहन्छ’उनीहरुक...