झापाको अर्जुनधारामा सामुहिक बलात्कार,चार पक्राउ


८ भदौ,झापा

झपाको अर्जुनधारामा एक १६ बर्षकी  युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् ।

युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा-७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो । 

पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए ।

उनीहरु चारजनाले नै रातभर युवतीमाथी बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए । उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको हो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते